३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रख्यात गायिका मङ्गेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। प्रधानमन्त्री देउवाले ट्वीट गर्दै कैयौँ लोकप्रिय नेपाली गीतमा समेत आवाज दिएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले आफू दुःखी भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले दिवङ्गत मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: २४ माघ २०७८ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App