१२ असार २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्री देउवासँग अध्यक्ष ली को शिष्टाचार भेटवार्ता सिंहदरबारमा सुरु

अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए। परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गरेका थिए।

गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन्।

जातीय भेदभाव र छुवाछूत अपराधजन्य कार्य होः प्रधानमन्त्री देउवा

नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा उनले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन्। विसं २०६३ जेठ २१ गते नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको हो।

भूउपयोग व्यवस्थापन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः प्रम देउवा

नेपालको संविधानले सामाजिक न्याय र समानताको प्रत्याभूति गर्ने सन्दर्भमा मौलिक हकअन्तर्गत नै भूमिहीन दलितलाई एकपटक जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यस्तै किसानलाई कृषियोग्य जग्गामा पहुँच उपलब्ध गराउने, भूमिहीन सुकुम्बासी, मुक्त कमैया, हलिया र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्ने विषय पनि संविधानले सुनिश्चित गरेको छ।

नेपाल–भारत सम्बन्धको पुनर्ताजगी

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ मा चीनको भ्रमण गरेका बेला त्यहाँको सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टीको मुख्यालयमा भ्रमण गर्नुका साथै त्यहाँ प्रशिक्षणसमेत दिएका थिए। औपचारिक भ्रमणका निम्ति गएका जुनसुकै प्रधानमन्त्रीले मुलुकको शिष्टाचार नाघेर आतिथेय मुलुकको कुनै दलविशेषको मुख्यालयमा भ्रमण गर्दा सकारात्मक सन्देश जाँदैन।

स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ: प्रधानमन्त्री देउवा

तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनउत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गरे। गाउँपालिकाले निर्माण गरेको प्रशासकीय भवनको उनले उद्घाटन गरेका थिए।

एमसीसी अनुदान रकमले देश विकास र रोजगार बढाउँछः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन्।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच आज पुनः भेटवार्ता हुँदै

पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो।

देउवाको आग्रह ओलीद्वारा अस्वीकार

भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको रिजालको भनाइ छ।

चुनावलाई निष्पक्ष,स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्छः प्रधानमन्त्री देउवा

बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिए।

एमसिसी विवादले सत्ता गठबन्धन धरापमाः देउवा पुगे ओली निवास

सत्ता गठबन्धनमा आबद्ध कम्युनिस्ट घटकका नेताहरू एमसिसी संसद्मा पेस गर्न राजी नभएपछि देउवा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीको साथ खोज्न बालकोट पुगेका हुन्।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ।

मन्त्रिपरिषद्को बैठक बस्दै

सत्ता गठबन्धनमा आबद्ध दलहरू एमसीसीको पक्ष र विपक्षमा उभिदा सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

एमसिसीको पक्षमा उभिन डराउनु पर्दैनः प्रधानमन्त्री देउवा

बिहीबार काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले एमसिसी संसद्‌मा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताए।

प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्