३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसिसीको पक्षमा उभिन डराउनु पर्दैनः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको पक्षमा उभिन डराउन नहुने बताएका छन्। बिहीबार काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक  ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले एमसिसी संसद्‌मा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताए।

‘पास हुन्छ कि फेल हुन्छ? थाहा छैन। हामीले पार्टी र संसदीय दलबाट सर्वसम्मतरुपमा पास गर्ने निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु,’ देउवाले भने, ‘अब सरकार संसद्‌मा टेबल गर्न चाहन्छ, पास फेल जे हुन्छ, स्विकार्नुपर्छ।’

प्रकाशित: ५ फाल्गुन २०७८ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App