१५ वैशाख २०८१ शनिबार
image/svg+xml

त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित सिमलधारा नजिकबाट त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ।

यसरी खोजियो त्रिशुलीमा खसेको सवारी

आज बिहान ४ः४० बजे चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलभन्दा करिब १०० मिटर तल त्रिशुली नदीमा जिप खसेको थियो।

त्रिशुली नदीमा खसेको गाडी बोलेरो जिप रहेको पुष्टि (अपडेट)

चितवनका प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार गोताखोरले खोजी कार्य गर्दै जाँदा नदीमा खसेको गाडी भारतीय नम्बरको बोलेरो जिप भेटिएको हो।

त्रिशुलीमा खसेको 'गाडी' भारतीय नम्बर प्लेट भएको पुष्टि (अपडेट)

त्रिशुली नदीमा खसेको 'सवारी साधन' भारतीय नम्बर प्लेट रहेको पुष्टि भएको छ। तर, कुन सवारी साधन हो भन्ने अझै प्रष्ट हुन सकेको छैन।

त्रिशुलीमा 'सवारी साधन' खस्यो, प्रहरी घटनास्थलमा

नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल नजिकबाट त्रिशुली नदीमा 'सवारी साधन' खसेको छ।

माथिल्लो त्रिशुली १ को प्रगति २२ प्रतिशत

वैदेशिक लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको भौतिक प्रगति २२ प्रतिशत भएको छ। कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन आयोजनाको निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो।

पुल त बन्यो, गाडी गुड्न दिइएन

गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने गरी त्रिशुली नदीमाथि पक्की मोटरेवल पुल बनेको तीनमहिना भयो, तर, अहिलेसम्म गाडी गुड्न सकेका छैनन्। पुल तयार भएको तीनमहिनासम्म पनि संचालनमा नआउँदा आउजाउ गर्न नपाएको गुनासो स्थानीयले गर्न थालेका छन्।

त्रिशुली माथि जिपलाईन संचालन गरिँदै

गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको ‘रिभर फन बिच’ ले जिपलाईन संचालन गर्ने भएको छ। ६ करोड ५० लाख रुपैयाँमा पृथ्वीराजमार्ग छेउको चुमखोलाबाट रिसोर्टसम्म पुग्ने गरी जिपलाईन तयार गरिएको छ।

उत्तर जोड्ने अर्को ‘लाइफलाइन’

भारतीय नाकाबन्दीले मुलुकभरको जनजीवन आक्रान्त भएसँगै दुई वर्षभित्रै चीनसँगको आर्थिक तथा व्यवसायिक सम्बन्ध र व्यापार सहजीकरणको लागि भन्दै ८२ किलोमिटरको गल्छी–त्रिशुली–मैलुंग–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाअघि सारेको थियो। भारतीय नाकाबन्दी खुलेसँगै छिमेकी मुलक चीनसँगको सबैभन्दा छोटो दूरीको सडक निर्माण कार्यको प्रगति भने न्यून देखिएको छ।

काम नगर्ने पप्पुको आयोजना कार्यालयलाई घुर्की, मन्त्रालयको संरक्षण

पप्पु कन्ट्रक्सनले जिम्मा लिएर अलपत्र छाडेको चितनवको इच्छाकामना गाउँपालिका र गोरखको गण्डकी गाउँपालिका जोड्न त्रिसुली नदी माथीको पुलको काम वर्ष दिनदेखि ठप्प प्रायः छ। भूकम्पमा भत्किएको घर पुल बनेपछि निर्माण सामग्री ढुवानी गरेर सहज रुपमा बनाउने आसमा बसेका स्थानीयले झोलुङगे पुलबाट सामग्री बोकेर घर बनाए। तर पप्पु कन्ट्रक्सनले तीन वर्ष अघि सिध्याउनुपर्ने पुल अहिले सम्म १६ प्रतिशत मात्रै पुरा गरेको छ।

श्रीमानको उद्धार, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता

थानकोटका विनय लामिछाने बिहीबार साँझ सपरिवारै धादिङको बेनिघाटस्थित त्रिशुली नदिमा हेलिए। काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ४, थानकोट बस्दै आइरहेकाका लामिछाने, उनकी पत्नी २७ वर्षीया जमुना रेग्मी लामिछाने र दुई नाबालक छोरासहित नदीमा डुबे। विनयलाई स्थानीयले उद्धार गरे भने जमुना मृत भेटिइन्। उनीहरुका दुई वर्षे र छ महिने छोराहरु बेपत्ता छन्।

त्रिशुली नदीमा निर्मानाधिन पुल अलपत्र

एक वर्षअघि पृथ्वी राजमार्गको मलेखु र आरुवासटारलाई जोड्न त्रिशुली नदीमाथि निर्माण भइरहेको पक्की पुल अलपत्र परेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको पुलको काम अहिलेसम्म १० प्रतिशत मात्रै भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मलेखु र सिद्धलेक गाउँपालिका– ४ आरुवासटार जोड्ने गरी पुल निर्माणको ठेक्का महाविर नीलगिरी नेशनल जेभीले लिएको थियो।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

त्रिशुली नदिमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ चालिसे स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्