१० मंसिर २०८१ सोमबार
image/svg+xml

सेयर बजार झर्ने क्रम रोकिएन

निरन्तर ओरालो लाग्दै आएको सेयर बजार सोमबार पनि रोकिएन । सोमबार सेयर बजार मापक नेप्से १६.६९ बिन्दुले घटेको छ।

सिरियाको गुटामा आक्रमण रोकिएन

सिरियामा पछिल्लो समयमा हिंसा बढ्दै गएको गुटा क्षेत्रमा शनिबार पनि आक्रमण रोकिएको छैन। उक्त क्षेत्रमा शनिबारको आक्रमणबाट पनि केही व्यक्ति मारिएको अनुमान गरिएको छ।

महिना दिन पुग्दासमेत रोकिएन सदरमुकाम आन्दोलन

सदरमुकामको माग गर्दै गरिएको आन्दोलन शुक्रबार ठिक एक महिना पुगेको छ। माघ ११ गते राती शेरवहादुर देउवा नेतृत्वको सरकारले रुकुम (पूर्व) को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ गोलखाडामा बनाउने निर्णय गरेपछि सोही दिन राती देखी नै रुकुमकोटवासीहरु आन्दोलित भएका थिए।

माइनस डिग्रीमा रोकिएन दौड अभ्यास

यो वर्ष जुम्लाको तापक्रम माईनस ८ सम्म पुगेको छ। चिसोले यहाँको जिवन अत्यन्तै कष्टकर बनेको छ। तर धावक हरिबहादुर रोकायाले दौड अभ्यास रोकेका छैन्।

रोकिएन चिया किसानको पलायन

बढ्दो लागत खर्च धान्न नसक्दाको आर्थिक बोझ, उत्पादनको मूल्य पाउन गर्नुपरेको संघर्ष र रोगाएको चिया जोगाउन नसक्दाको हैरानीले झापाका धेरै साना चिया किसानलाई खेतीबाट पलायन हुन बाध्य पारिरहेको छ ।

जाम्बियामा रोकिएन हैजा

जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण गत महिनायता कम्तीमा पनि ३० जनाको मृत्यु भएको थियो । तर अहिलेसम्म पनि हैजाको प्रकोप रोकिएको छैन ।

रोकिएन हत्या शृंखला

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्याको योजनाकार देखिएका समीरमानसिंह बस्नेतलाई भारतमा नियन्त्रणमा लिएर नेपाल ल्याउन सकेकोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी जति हर्षित थिए, मनोज पुन छुटेकामा उत्तिकै चिन्तित ।

रोकिएन विस्फोटको श्रृङ्खला

दोस्रो चरणको निर्वाचनका लागि दुई दिनमात्रै बाँकी रहँदा विस्फोटका घटना रोकिएका छैनन्। मौनअवधि सुरु भएको दोस्रो दिन बिहानै काठमाडौं क्षेत्र नम्बर–१० कीर्तिपुरको जनसेवा मतदानकेन्द्र नजिकै फेला परेको बम नेपाली सेनोको डिस्पोजल टोलीले निस्क्रिय पार्‍यो। काठमाडौंकै मैपीस्थित विष्णुमतीको बगरमा पनि वम भेटिएको छ।

रोकिएन विस्फोट शृंखला

प्रदेश नम्बर २ र काठमाडौं उपत्यकाका तीन जिल्लाकेन्द्रित विस्फोटका घटना बढेसँगै शनिबार बिदाको दिन पनि गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर सुरक्षा प्रबन्ध चुस्त बनाएको दाबी ग¥यो । मन्त्रालयका अधिकारीले ‘नयाँ सुरक्षा रणनीति अपनाएकाले अब बम नपड्कने’ दाबी गरे।

रोकिएन आचारसंहिता उल्लंघन

प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन।

ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी अझै रोकिएन

सरकारले वर्षात्‌को समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन। चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ। खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुर्‍याएको छ।

रोकिएन विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात

जिल्ला कृषि विकास कार्यालय जुम्लाले अनुदानमा उपलब्ध गराउने अर्गानिक जुम्ली स्याउ लेखिएको कार्टुन स्याउ किसानसम्म नपुग्दा किसानले विदेशी कार्टुनमा जुम्लाको स्याउ निर्यात गर्नुपरेको छ । विदेशी कार्टुनमा स्याउ निर्यात भएकै कारण जुम्लाको स्याउ र विदेशी स्याउबीचको भिन्नता छुट्याउन गाह्रो पर्ने गरेको व्यवसायी बताउँछन्।

रोकिएन कर्मचारीको विदेश भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको अवज्ञा गर्दै सरकारी कर्मचारीहरू विदेश भ्रमणमा गएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले असार २८ गते नवनियुक्त मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई द्विपक्षीय सम्बन्धका बाहेक अन्य भ्रमण रोक्न निर्देशन दिएका थिए । तर विदेश भ्रमणका लागि सरकारी स्वीकृति दिने काम रोकिएको छैन भने केही कर्मचारीहरू विदेश भ्रमणमा छन्।

रोकिएन त्रिशूलीमा अवैध उत्खनन

त्रिशूली नदीमा अवैध उत्खनन बढेको छ। तस्करहरू दिउँसोभन्दा रातको समयमा प्रशासनको आँखा छलेर नदीबाट बालुवा, ढुंगा र गिटी उत्खननमा सक्रिय छन्।

रोकिएन अव्यवस्थित पार्किङ

खाल्डाखुल्डी सडक, धुवाँधुलो र लामो समयसम्म ट्राफिक जाम। अचेल राजधानीको कलंकी–कोटेश्वर सडकमा यात्रा गर्ने जोकोहीले भोग्नुपरेको समस्या हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्