११ मंसिर २०८१ मंगलबार
image/svg+xml

रोकिएन चेलीबेटी बेचबिखन

सबै कुरा दलालको योजना अनुसार भएको भए रसुवाका दुई युवती अहिले बेलहिया नाका कटेर भारतका कोठीमा पुगिसक्थे, या भारतको बाटोहुँदै खाडी मुलुक। अभाव र गरिबीबाट मुक्ति पाउने आशमा दलालले देखाएको प्रलोभनमा परेका रसुवा कत्लाङका ती युवतीलाई सीमा कटाउनै लाग्दा माइती नेपालको सक्रियतामा बैशाख १६ गते उद्दार गरियो। १९ र २० वर्षका युवतीलाई फकाउन दलाले तीनकै मामा पर्ने गोम्बोको सहयोग लिएका थिए।

रोकिएन हारको शृङ्खला

नेपालले एसिसी महिला ट्वान्टी–२० एसिया कप क्रिकेटमा बिहीबार लगातार चौथो हार बेहोरेको छ। नेपाली टोली आयोजक थाइल्यान्डसँग ८ विकेटले पराजित भयो।यसअघि नेपाली टोली पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले पराजित भएको थियो।

रोकिएन पशुपति परिसरमा अवैध निर्माण

मारवाडी सेवा समिति नेपालले पशुपति क्षेत्र विकास कोषको अधिकार क्षेत्रभित्र पर्ने जग्गामा अवैध निर्माण गरिरहेको छ। गौशालास्थित पशुपति गौशाला धर्मशाला परिसरभित्र अवैध रुपमा थालेको भवन निर्माण कार्य रोक्न कोष, पुरातत्व विभाग र प्रहरीले दिएको निर्देशनसमेत नटेरी जारी छ।

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

सेयर बजार मापक नेप्से परिसूूचक मंगलबार पनि २४.६३ बिन्दुले घटेको छ । सोमबार नेप्से परिसूचक १३.०९ बिन्दुले ओरालो लागेको थियो । दुइ दिनमै नेप्से परिसूचक करिब ३८ बिन्दुले घटेको छ ।

आत्मनिर्भर नहुँदा फूल आयात रोकिएन

नेपाल राष्ट्र बंैकले१५ देखि २० प्रतिशत कर्जा उत्पादनशील क्षेत्रमा लगानी गर्न वित्तीय संस्थालाई अनिवार्य गरेको छ। कृषि क्षेत्रलाई प्रोत्साहन गर्न राष्ट्रबैंकले यो नीति ल्याएको हो। तरपनि कृषिका लागि ऋण लिने क्रम अझै बढ्न सकेको छैन। त्यसको प्रत्यक्ष असर तिहारका लागि चाहिने सयपत्री र मखमली फूल उत्पादनमा समेत परेको छ।

रोकिएन मन्त्रीको लस्कर

तीन साताअघि प्रधानमन्त्री चयन भएसँगै पुष्पकमल दाहालले सुशासन ख्यालमा राखेर काम गर्न विभिन्न मन्त्रालयका सचिवलाई निर्देशन दिए। नेपालको राजनीतिक र प्रशासनिक क्षेत्र विकृत हुनुमा कमजोर सुशासन मुख्य कारण रहेको बुझेका दाहालले कम्तीमा त्यो कार्य आफैंबाट सुरु गर्लान् भन्ने धेरैको आशा थियो।

रोकिएन गिट्टी र बालुवा चोरी निकासी

इटहरी- सरकारले असारदेखि तीन महिनासम्म मुलुकभरका नदीबाट ढुंगा, गिटी र बालुवा उत्खनन गर्न प्रतिबन्ध लगाएपनि सुनसरी–मोरङका कतिपय नदीबाट चोरी–निकासी निरन्तर भइरहेको छ। दुवै जिल्लाका खोलाबाट ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी भइरहेको पाइएको हो।

नेप्से घट्ने क्रम रोकिएन, साेमबार १७ अंकले घट्याे

काठमाडौं– धितोपत्र बजारमा सेयर ओरालो लाग्ने क्रम साेमबार पनि रोकिएन। आइतबार १५.१७ बिन्दुले घटेको नेप्से परिसूचक साेमबार पुनः १७.३५ बिन्दुले घटेर एक हजार ८४५ बिन्दुमा कायम भएको छ।

रोकिएन नाला अतिक्रमण

श्रीकेदार टोल चटकपुरमा नाला अतिक्रमण गरी बालुबा भरेर सडक बनाउन थालेपछि स्थानीयले वर्षातमा बस्ती डुवानमा पर्ने भन्दै अतिक्रमण हटाइदिन जिल्ला प्रशासनमा जेठ दोस्रो साता उजुरी दिए। उजुरीपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका कार्यालयलाई अतिक्रमण हटाउन लिखित निर्देशन दिएको छ।

रोकिएन मानवअधिकार उल्लंघन

इलाम- जिल्लामा यो वर्ष पनि मानवअधिकार उल्लंघनका घटना गतवर्षहरूकै तुलनामा रहेको पाइएको छ। सन् २०१५ र ०१६ को ६ महिनाको अवधिमा तुलनात्मक रूपले अधिकार हनन्का घटनामा कमी आउन नसकेको देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्