२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियाको गुटामा आक्रमण रोकिएन

जेनेभा – सिरियामा पछिल्लो समयमा हिंसा बढ्दै गएको गुटा क्षेत्रमा शनिबार पनि आक्रमण रोकिएको छैन। उक्त क्षेत्रमा शनिबारको आक्रमणबाट पनि केही व्यक्ति मारिएको अनुमान गरिएको छ। 

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको गुटा क्षेत्रमा मात्र गएको दुई हप्तायता ५०० भन्दा बढी नागरिक मारिएको खुलासा हालै गरेको थियो। 

सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोही विरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ। सो क्रम पछिल्ला केही दिनयता पनि जारी नै रहेको बताइएको छ। 

राष्ट्रसंघीय मानअधिकार उच्चायुक्तको कार्यालयले गुटामा हवाई तथा स्थल कारबाही जारी छ, नागरिकको नाजुक स्थितिका कारण सो क्षेत्रमा युद्धविरामका लागि राष्ट्रसंघले गरेको आग्रहको सुनुवाई भएको छैन। 

मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेका बताए। उनीहरु आधारभूत आवश्यकताबाट समेत बञ्चित भएका छन् भने बम आक्रमण पनि उत्तिकै खेपिरहेका छन्। 

गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन्। उनीहरु सुरक्षित ठाउँ खोज्दै अन्यत्र गएको पाइएको छ। उनीहरुले सुरक्षित शिविरहरु बढी खोजेका बताइएको छ। 

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वीगुटामा करिब चार लाख मानिसको बसोबास रहेको छ। गुटा राजधानी दमासकसनजिकको विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो। 

सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा यसलाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ। पछिल्लो कारबाहीमा परी १०० भन्दा बढी बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ। 

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै आन्दोलन सुरु भएको थियो। नागरिकको सो माग अझै जारी छ। 

सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएपछि यहाँका चार लाखभन्दा बढी नागरिकको ज्यान गएको छ भने लाखौँ नागरिक घाइते तथा अंगभंग भएका छन्। पछिल्लो समयमा त्यहाँको अवस्था थप तनावपूर्ण बन्दै छ। 

प्रकाशित: २० फाल्गुन २०७४ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App