२० आश्विन २०८१ आइतबार
image/svg+xml

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा दास

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन भएको छ। मनोज दासको अध्यक्षतामा महासंघको नयाँ नेतृत्व चयन भएको हो।

भारतको अटो एक्स्पोको आकर्षण-‘विद्युतीय सवारी’

पेट्रोलियम पदार्थको प्रयोगले वातावरणीय प्रदूषण बढिरहेका बेला मोटर उत्पादक कम्पनीले पछिल्लो समय विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएका छन्।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ) को खुद्रा बिक्री मूल्य घटाएको हो।

कमिसन वृद्धि फुकुवा गर्न पेट्रोलियम व्यवसायीको माग

पेट्रोलियम व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य अनुरूप नै कमिसनमा वृद्धि गरिनुपर्ने माग गरेका छन्।

भारतबाट मूल्य घटेर आएपनि आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ।

घट्यो पेट्रोलियम पदार्थको खपत

तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो।

पेट्रोलियम पाइपलाइन बनाउन भारतसँग जिटुजीको तयारी

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर भारतबाट पाइपमार्फत डिजेल आयात भैरहेको अवस्थामा सरकारले थप दुई वटा पेट्रोलियम पाइलाइन परियोजना निर्माण गर्न भारतसँग जिटुजी (सरकार–सरकारबीच सम्झौता) गर्ने तयारी गरेको छ।

निगमलाई ५० अर्ब घाटा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य, नाफा कसलाई ?

इन्धनको कर समायोजन नगर्दाको मारमा उपभोक्ता र निगम दुवै परेका छन्। आइओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि जनताले सहुलियत पाएका छैनन् भने निगमले पुरानो घाटा व्यवस्थापन गर्दा मूल्य घटाउन सकेको छैन।

बङ्गलादेश: पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, विरोधमा नागरिक आन्दोलित

बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। उसले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ। तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको एशियाली मुलुकका हजारौँ नागरिकहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने भन्दै देशका विभिन्न शहरमा सडक प्रदर्शन गरिरहेका छन्।

अर्थमन्त्रीले टेरेनन् प्रधानमन्त्रीलाई

प्रधानमन्त्री शेरबहादुर देउवाले इन्धनमा लाग्दै आएको कर घटाउन अर्थमन्त्रीलाई दिएको निर्देशन अहिलेसम्म कार्यान्वयन भएको छैन। कर समायोजन नहुँदा उपभोक्ता सस्तोमा इन्धन पाउनबाट वञ्चित छन्।

दुई वर्षभित्र पेट्रोलियम पदार्थ अन्वेषण सकिने

३ वर्षमा अन्वेषण सक्नेगरी पुगेको टोलीले आफ्नो काम कोरोना महामारीका कारण बिचमै रोक्यो। जसकारण अहिलेसम्म अन्वेषणको दोस्रो चरणको काम सुरु हुन सकेको थिएन।

समायोजन भएको यातायात भाडा कार्यान्वयनमा आनाकानी

यात्रुबाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ र तराईका बाटामा सञ्चालन हुने मालबाहक सवारीमा ७.७ प्रतिशत भाडा वृद्धि गरेको थियो।

मोरङको पेट्रोल खानी गौचरणमा परिणत

सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ। तर कुनैपनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन्। सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्