८ वैशाख २०८१ शनिबार
अर्थ

भारतबाट बढेर आयो इन्धनको मूल्य

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो।

पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर प्राप्त भएको निगमले जनाएको छ। मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको छ।

मूल्य बढेर आएसँगै निगमलाई एलपी ग्यासमा प्रति सिलिन्डर ३५९ रूपैयाँ ५० पैसा घाटा रहेको जनाएको छ। समग्रमा निगमलाई आगामी १५ दिनमा अनुमानित ९९ करोड नाफा हुने समेत जनाएको छ।  हाल भारतबाट मूल्य बढेर आएता पनि नेपालमा भने यथावत् नै रहने निगमले‍ जनाएको छ।

प्रकाशित: १७ पुस २०७९ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App