coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको भाडा बढ्यो।

नेपाल आयाल निगम लिमिटेडले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको भाडा बढाएको छ।  

निगम व्यवस्थापनको पुस १ गतेको निर्णय अनुसार पुस २ गते देखि वैज्ञानिक भाडा सूत्र अनुसार पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको हो। नेपाल आयल निगमका  प्रवक्ता विनितमणि उपाध्यायका अनुसार दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा वृद्धि गर्ने भने अनुसार भाडा बढेको हो।

स्थानीय १५ किलोमिटरसम्म न्यूनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढेको पनि प्रवक्ता उपाध्यायले जानकारी दिएका छन। उनका अनुसार देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले अहिलेको बढेको भाडा निगमबाट पाउँछन्। ढुवानीमा १० प्रतिशतसम्म भाडा वृद्धिले  निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने जनाइएको छ। 

प्रकाशित: ३ पुस २०७९ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App