११ पुस २०८१ बिहीबार
image/svg+xml

अझै सुरु भएनन् दिवा खाजा

‘अहिलेसम्म पैसा नै आएको छैन,’ उनले भने, ‘तर, चालु महिनादेखि नै सुरु हुन्छ। प्रकृयामा छ, अब छिट्टै लागु हुन्छ।’

सात दिन, सातै थरी खाजा

आजकल अधिकाशं बालबालिकामा एउटै समस्या पाइन्छ–कब्जियत। अस्वस्थ खाना खाएमा कब्जियत हुन्छ। खानामा असावधानी, महँगो विज्ञापनको पछि लाग्नाले, रंगीन खोलमा लोभिनाले र जंकफुड तथा प्याकेटमा सजाइएका खाजाको प्रयोगले कब्जियत लगायत मुटु रोग, हड्डी कमजोर हुने आदि समस्या आउँछ। पकाउन सजिलो, समयको बचत र स्वादले गर्दा पनि यस्ता खानाको धेरै प्रयोग गरिन्छ। तर यसरी आफू र नानीहरूलाई दिइएका यस्ता खानाले स्वास्थ्यमा कति असर परेको छ भन्ने बारेमा अभिभावक अनभिज्ञ छन्। यस्ता खानाले शरीरमा भारीपन ल्याई अल्छी गराउनुका साथै विभिन्न किसिमका रोग निम्त्याउँछ।

गुजरातमा भीषण आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

भवनको माथिल्लो तलामा रहेको कोचिङ सेन्टरमा बालबालिका अध्ययन गरिरहेका थिए। ठूलो भवनको माथिल्लो तलामा आगो सल्किएपछि ज्यान बचाउन धेरै बालबालिकाले हाम फालेका थिए। सोही क्रममा एकसाथ धेरैजनाको मृत्यु भएको हो।

बालबालिकालाई पढाउने कि सिकाउने?

स्कुल पढ्दैगर्दा पनि कतिपयको सपना विदेश नै हुने गरेको छ। पैसा कमाउने ठाउँ खाडी मुलुक, अमेरिका, युरोप वा अस्ट्रेलिया नै हुन् भन्ने मानसिकता युवाहरूमा विकास भइरहेको छ।

अनाथका अभिभावक

आफ्ना सन्तान सबैलाई प्यारा लाग्छन्। सन्तानको खुसीमा कुनै अभिभावकको न रिस हुन्छ न त डाह नै। अभिभावकका लागि सृष्टिमा सबैभन्दा प्रिय भनेकै आफ्ना सन्तान हुन् भन्दा फरक पर्दैन। तर, अरुका अबोध सन्तानको खुसीमा रमाउने संसारमा विरलै भेटिन्छन्। यिनैमध्येका एक हुन्, गणेश थापा (२४)। उनी अभिभावकको नजरमा बालक नै हुन्। तर, उनको कामले जीवनलाई निकै फराकिलो बनाइदिएको छ। अनाथका अभिभावक बन्ने अवसर थापासँग छ। आफ्ना सन्तानसँग सबैले रमाउँछन्। तर, अरुका सन्तानसँग रमाउने, हाँस्ने, संरक्षण गर्ने र सुरक्षा गर्न पाउने अवसर थोरैले पाउँछन्। त्यो पनि दिलदार मनले मात्रै। त्यही महान दिल हुने मध्येको पात्र थापा पनि हुन्। थापाले अनाथ बालबालिकाको अभिभावक भएर नै जीवन बिताउने संकल्प गरेका छन्।

आँखाको क्यान्सरबाट कसरी बच्ने ?

बालबालिका तथा ठूला मानिसको आँखामा क्यान्सर किन लाग्छ ? क्यान्सर लागिहाले कसरी बच्ने ? यो रोगको उपचार नेपालमा हुन्छ कि हुँदैन ? प्रस्तुत छ, तिलगंगा आँखा प्रतिष्ठानका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुसित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको अंश ः

हिमालले छेक्यो आमाको बाटो

यी हाँसे पनि सुख छैन, यिनले बिर्से नि आमा भनी।’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गौरी’ शोक काव्यमा लेखेका उल्लिखित हरफ चीनमा हुर्किरहेका बालबालिकाकासँग ठ्याक्कै मेल खान्छ। अबोध बालबालिका हाँसे भने उनका अभिभावकले ठम्याउनेछन्– यिनले आमालाई बिर्सिए। कहिलेकाहीं उनीहरु रोए फेरि अभिभावकले सम्झने छन्– यिनले आमालाई सम्झिए।

बालबालिका विद्यालय नपठाउने अभिभावकले सुविधा नपाउने

विद्यालय जाने उमेर समूहका आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई बर्दियाको एक नगरपालिकाले नगरबाट दिने सेवासुविधाबाट वञ्चित गर्ने भएको छ।

बालगृहलाई स्कुल ब्याग सहयोग

गौरीशंकर बालगृहमा रहेका २९ जना असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका व्यवसायी सनत थापाले सहयोग गरेका छन्। भीमेश्वर नगरपालिका–५ स्थित गौरीशंकर बालगृहका बालबालिकालाई थापाले शनिबार बिहान बालगृह पुगेर २५ हजार रुपैयाँ बराबरका स्कुल ब्याग, मिठाई र खानेकुरा बाँडेका हुन्।

आदर्श अभिभावकत्वको कला

बच्चाहरु थरीथरीका हुन्छन्। कोही डेन्डेलिओन जस्ता हुन्छन् त कोही सुनगाभा जस्ता। कोही भने होपफूल मोन्सटर (आशवान राक्षस) हुन्छन्। डेन्डेलिओनहरू खासै सुन्दर फूल होइनन्, ती फूल लचिला हुन्छन्। जस्तोसुकै प्रतिकूल वातावरणमा पनि फस्टाउँछन्।

विद्यार्थीको आम्दानीको स्रोतः काफल

पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ। वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ।

साना नानीलाई स्कुलभन्दा घर नै जाती

शिक्षा मनोविज्ञानले भन्छ– ६ वर्षको उमेरदेखि स्कुल उमेर सुरु हुन्छ। ६ वर्षभन्दा पहिले बालबालिकाहरू शारीरिक तथा मानसिक परिपक्वताको कमीले स्कुल जाने उमेरमा पुगेका हुँदैनन्।

पढाइ सीप विकासका लागि शिक्षक तालिम

प्रारम्भिक कक्षाका बालबालिकामा पढाइ सीपको विकासका लागि नेचासल्यान गाउँपालिकामा शिक्षक तालिम आयोजना गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोग र रिड नेपालको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो।

४७ प्रतिशत बालबालिका पोषणयुक्त खानाबाट वञ्चित

४७ प्रतिशत बालबालिकाले पौष्टिक आहार खान नपाएको शिशु तथा बाल्यकालीन पोषण शाखाले जनाएको छ। नेपाल जनसांख्यिक सर्वेक्षणले सो औंल्याएको हो। राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखाले सो जानकारी सार्वजनिक गरेको हो। सर्वेक्षण अनुसार ४६ प्रतिशत गर्भवती महिला, ५३ प्रतिशत ५ वर्ष मुनिका बालबालिका रक्तअल्पताबाट प्रभावित छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्