सेनाद्वारा विद्यालय भवन हस्तान्तरण
नेपाली सेनाले मुस्लिम र दलित समुदायका बालबालिका मात्र अध्ययन गर्ने एक जीर्ण विद्यालय भवन मर्मत–सम्भार गरी हस्तान्तरण गरेको छ।
नेपाली सेनाले मुस्लिम र दलित समुदायका बालबालिका मात्र अध्ययन गर्ने एक जीर्ण विद्यालय भवन मर्मत–सम्भार गरी हस्तान्तरण गरेको छ।
बालबालिकालाई बुझ्नु मुस्किल हुन्छ। किनकि बालबालिका कहिले र कहाँ जिद्धि गर्छन् भन्ने कसैलाई थाहा हुँदैन। परिवारका सदस्यबाहेक अरु मानिस भएका बेला यिनीहरू झन् जिद्धि गर्छन्। त्यतिबेला बालबालिकाहरू रुने, कपडा फोहर गर्ने, जमिनमा बस्ने लगायत हर्कत देखाउँछन्। यसले बालबालिकाका अभिभावक मात्रै होइन, वरपरका अरु मानिससमेत हैरान हुन्छन्। यो अवस्थामा बालबालिकालाई सम्हाल्न धेरै गाह्रो हुन्छ। किनकि यो अवस्थामा बालबालिकाहरू न कसैले भनेको सुन्छन् न त चुप लाग्छन्। कतिपयले बालबालिकालाई चुप लगाउन पिट्ने र रिसाउने गरेका छन्। यो गलत हो।
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ।
सबै बालबालिकाको रूप, रङ, शारीरिक बनावट तथा चालढाल एकनास हुँदैन। उनीहरूमा पढ्ने, लेख्ने तथा सिक्ने क्षमता पनि फरक–फरक हुन्छ। कसैले छिटो सिक्छन्, कसैले ढिलो। कुनै बालबालिकालाई त पढाइलेखाइ गर्न निकै गाह्रो पर्छ। पढाइलेखाइ सुरु गर्दा बालबालिकामा देखापर्ने समस्यालाई डायोग्नोस्टिक एन्ड स्टास्टिकल मेनुअल अप मेन्टल डिसअर्डर (डिएसएम)ले एक मानसिक समस्या, सिकाइ विकृति (लर्निङ डिसअर्डर) भनेको छ।
मध्यअमेरिका विभिन्न देशमा अलपत्र परेका करिब दुई हजार सात सय बालबालिकालाई संयुक्त राज्य अमेरिकामा रहेका बाबुआमासँग पुनर्मिलन गर्न ट्रम्प प्रशासनले अनुमति दिन सहमति जनाएको छ।
जिल्लाको पातारासी गाउँपालिकाले यार्सा संकलनका लागि पाटन जान बालबालिकालाई रोक लगाएको छ। बर्सेनि यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटनमा जान बालबालिकालाई रोक लगाएको पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताए।
आगामी चैत २२ गतेबाट रिलिज हुने फिल्म ‘लभ स्टेशन’ युनिटले ४५ अनाथ बालबालिकालाई निजी विद्यालय पढाउँदा लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरेको छ। फिल्मका तर्फबाट नायक प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले राजधानीको गोकर्णस्थित संयुक्त एकता अपाङ्ग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई आगामी वैशाखबाट विद्यालय भर्नासहित तीन महिनाको लागि शुल्कबापतको एकमुष्ट रकम शनिबार प्रदान गरेका हुन्।
सरकारले दुई दशकअघि देखि नै आयोडिनको कमीबाट हुने रोग उन्मूलन गर्न दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुन प्रयोग गर्न सबैलाई सल्लाह दिँदै आएको छ र हरेक वर्ष फेब्रुअरीलाई राष्ट्रिय आयोडिन महिनाका रूपमा मनाउँदै आएको छ।
महिला अधिकारकर्मीहरुले दलित महिला र बालबालिकामाथि हुने विभेद अन्त्यको माग गरेका छन्। दलित महिला संघ (फेडो)ले सोमवार राजधानीमा आयोजना गरेको १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा दलित महिला र बालबालिकाहरु माथि बढ्दो हिंसा र न्यायमा पहुँचको अवस्था विषयक छलफल कार्यक्रमका सहभागीहरुले न्यायमा दलित महिला र बालबालिकामाथि विभेद हुने गरेको भन्दै अन्त्यको माग गरेका हुन्।
जिल्लाको विकट हिमाली गाउँ सेलाङका बालबालिकाले सुविधा सम्पन्न विद्यालय पाएका छन्। झट्ट हेर्दा ‘रिसोर्ट’ जस्तो देखिने विद्यालय भवनका चिटिक्क कोठामा पढ्न पाउँदा उनीहरु दंग छन्। सिन्धुपाल्चोकको कर्णाली क्षेत्र भनेर चिनिने जुगल गाउँपालिकास्थित सेलाङ माविको भवन पहिला ढुंगामाटोले बनेको परम्परागत किसिमको थियो। त्यो पनि २०७२ वैशाख १२ को भूकम्पले ढालिदियो। साढे तीन वर्षभन्दा बढी समय जस्ताको अस्थायी टहरोमा पढेका विद्यार्थीले अहिले सुविधा सम्पन्न विद्यालय पाएका हुन्।
जिल्लास्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले आइतबार मुसहर बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गरेका छन्। ईश्वरपुर नगरपालिकाअन्तर्गत बयलबास बजारस्थित लालिगुराँस एकेडेमीका विद्यार्थीले आफ्नो खाजा खर्चबाट उक्त सहयोग गरेका हुन्। चन्द्रनगर गाउँपालिकाअन्तर्गत बबरगंजस्थित मुसहर टोलका ४० बालबालिकालाई कापी, पेन्सीललगायत शैक्षिक सामग्री उनीहरूले सहयोग गरेका हुन्।
केही दिनअघि सदरमुकाम मलंगवास्थित जीर्ण रंगशाला (कभर्डहल) पुग्दा १२ जना ससाना बालबालिका क्रिकेट खेलिरहेका भेटिए। छेउमा टेबुलमाथि साना दुईवटा कप अनि ६ वटा गोल्ड र ६ वटै सिल्भर मेडल पनि राखेका थिए उनीहरूले।
सोलुखुम्बुको सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस बोर्डिङ स्कुलले अनाथ २५ बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेको छ। आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा स्कुलले उक्त
बालबालिका शान्ति क्षेत्र हुन् भनेर घोषणा गरेको पनि धेरै भयो। विद्यालय शान्ति क्षेत्रको अवधारणा पनि अब पुरानो भइसक्यो। साझेदार निकायसँगको सहकार्यमा सरकारले बालमैत्री विद्यालयको अवधारणा सबैजसो ठाउँमा यसअघि नै कार्यान्वयनमा ल्याएको हो।
पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ। बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जाल र साथीसङ्गतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीले बताइन्।