१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

छिटो टुंग्याउन सहमति खोज्दै राजनीतिक दल

नेपालको शान्ति प्रक्रियाको एउटा पाटो संक्रमणकालीन न्याय टुंगिन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रमुख दलका नेताले सहमतिको बाटो खोज्न थालेका छन्।

शान्ति कहाँ छ ?

पछिल्लो समय भौतिक प्रगति धेरै भएको छ। सामान्यतः यसको आँकलन गर्न धेरै गाह्रो छ। विगत ५० वर्षमा मनुष्यको इतिहासमा जे जति सम्पति जन्मियो, त्यो पाँच हजार वर्षको भन्दा बढी हो। ज्ञानको बारेमा पनि त्यस्तै छ।

सांगीतिक उर्जा जगाउँदै शान्ति

‘पीडामा लेखिएका गीतहरू साँच्चिकै मेलोडियस् हुन्छन्। सायद मेलोडियस गीतहरू अब सुन्न पाइँदैन होला’, केही दिनअघि कालिकास्थानस्थित नेपालयमा गीत रिहर्सल गरिरहेकी गायिका र संगीतकार शान्ति ठटाल भन्दै थिइन्, ‘नयाँ पुस्ताका कलाकारले मेलोडियस गीतहरू तयार पार्न सकेका छैनन्।’ आज शुक्रबारदेखि आयोजना हुन लागेको ‘पलेँटी’ शृंखला अन्तर्गत ‘सेलिब्रेटिङ शान्ति ठटाल्स् म्युजिकल जर्नी’ कार्यक्रममा संगीतकार ठटाल गायिका विमला सेन्चुरी प्रधान र अञ्जली प्रधानसाथ प्रस्तुत हुँदैछिन्। चौथौ पटक ‘पलेँटी’ शृंखलामा देखिन लागेकी उनी रिहर्सलमा दुई गायिकाहरूलाई प्रोत्साहित गर्दैछिन्।

सेलाउँदै गणतन्त्रको उमंग

शान्ति सुरक्षा, विकास र सुशासन देश र जनताका लागि अनिवार्य सर्त हुन्। गणतन्त्रमा जनताले विकास र सुव्यवस्था खोजेका हुन्छन्। तर राजा फालेर गणतन्त्र ल्याएको ११ वर्ष बितिसक्दा पनि सरकार तथा राजनीतिक दल त्यसमा खरो उत्रन नसकेको ठहर राजनीतिक विश्लेषकको छ।

राजधानीमा बम आतंकपछि विप्लव समूहलाई ‘प्रचण्ड’को चेतावनी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताएका छन्।

हुरी पीडित ८ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाराका हावाहुरी पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। गएको चैत १७ गते आएको बिनाशकारी हुरीबाट पीडित देवताल गाउँपालिकाका दुई सामुदायिक विद्यालयका ८ सय ७७ विद्यार्थीलाई विश्व शान्ति महिला संघले शैक्षिक सामग्री बितरण गरेको हो।

द्वन्द्वको उदगमस्थलमा शान्तिको प्रतीक

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र १० वर्षे जनयुद्धको क्रममा सबैभन्दा बढी क्षति भएको गाउँ हो महत। साविक रुकुम जिल्ला हुँदा छुट्टै गाविस रहे पनि अहिले महत गाउँ रुकुम (पूर्व)को भुमे गाउँपालिका–५ र ६ नम्बर वडामा पर्छ। द्वन्द्वकालमा महत गाउँँ निकै चर्चामा थियो। २०५२ फागुन १ गतेदेखि सुरु सशस्त्र युद्धको पाँच दिनपछि अर्थात फागुन ५ गते राज्यपक्षको आक्रमणबाट यहाँकी धनमाया श्रेष्ठको मृत्यु भयो। धनमाया यस गाउँकी पहिलो सहिद हुन्।

शान्ति बगैँचामा गुराँसको सट्टा सल्ला

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’ बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’को लोठसल्लाको विरुवा रोपेर शुभारम्भ गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा ‘बेइजिङ एक्स्पो’को गत आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका थिए।

राष्ट्रपति भण्डारीले बेइजिङमा सल्लो रोपिन् (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’मा लोठसल्लाको विरुवा रोपेर उद्घाटन गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा रहेको बेइजिङ एक्स्पोको आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका हुन्।

विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास गरिरहेका छौं : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षामा सुधार आएको दाबी गरेका छन्। विहीबार विराटनगरमा प्रदेश १ स्तरिय सुरक्षा गोष्ठीमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षाको अवस्थामा सुधार आएको दाबी गरेका हुन्।

शान्ति वार्ता सम्झना

सिद्धान्ततः शान्ति प्रक्रिया सुरु भइसकेको सन्दर्भमा लामो समय आपसमा लडेका तत्कालीन शाही नेपाली सेना र संयुक्त राष्ट्रसंघले प्रयोग गरेको संज्ञाअनुसार ‘माओवादी लडाकु’ बीचको अविश्वास अन्त्य आवश्यक थियो।

बागी उम्मेदवार बने जिल्ला अध्यक्ष

रामेछापमा नेतृत्व चयनमा चर्चामा रहेकाभन्दा नयाँ अनुहार आएपछि पार्टी तहदेखि सिंगो जिल्लामा नयाँ तरंग पैदा भएको छ। केही घन्टाअघिसम्म सत प्रतिशत टुंगिएको अवस्थामा आएको नाम केही बेरमा परिवर्तन भएर नयाँ नाम आउँदा सबैमा आश्चर्य उत्पन्न गराएको छ।

निर्मला र सुनकाण्डमा बचाउ गर्दै आइजिपीले भनेः प्रहरीप्रतिको ‘नेगेटिभ भ्यू’लाई जिरो बनाउँछु

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले अपराध नियन्त्रणमा सबै जनता सचेत हुनुपर्ने बताएका छन्। २०७५ सालमा प्रहरीबाट भएका कार्यसम्पादन तथा उपलब्धीबारे जानकारी दिँदै खनालले संगठनको नेतृत्व आफूले सम्हालेपछि हासिल गरेको उपलब्धी नै पारदर्शिता र व्यवसायिकता रहेको बताए।

राष्ट्रसंघले भन्याे – 'लिबियाबाट नेपाली सैनिक फिर्ता गर्ने योजना छैन'

संयुक्त राष्ट्रसंघले लिबियाबाट नेपाली शान्ति सैनिक फिर्ता गर्ने कुनै योजना रहेको स्पष्ट पारेको छ। गृहयुद्ध चर्किएको अफ्रिकी मुलुक लिबियाको राजधानी त्रिपोलीमा खटिएका नेपाली सैनिक तत्काल फिर्ता नहुने नेपाली सेना प्रवक्ता विज्ञानदेव पाण्डेलेसमेत बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्