२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीले बेइजिङमा सल्लो रोपिन् (फोटो फिचर)

फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)

बेइजिङ– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’मा लोठसल्लाको विरुवा रोपेर उद्घाटन गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा रहेको बेइजिङ एक्स्पोको आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका हुन्। राष्ट्रपति भण्डारीले एक्स्पोभित्रै लुम्बिनी शान्ति बगैँचा उद्घाटन गरेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्पूर्णरुपमा एक्स्पोको उद्घाटन गरेका हुन्।

उद्घाटन पहिले राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँगै एक्स्पोको अवलोकन गरेकी थिइन्। एघार मुलुकका राष्ट्रानायक तथा सरकार प्रमुखले भाग लिएको एक्स्पोको उद्घाटन समारोहमा विभिन्न देशमा उच्चस्तरका नौ सय व्यक्तिहरु उपस्थित थिए। ‘हरित जीवन, सुन्दर घ’विषयमा यो एक्स्पो आगामी १६२ दिनसम्म चल्ने छ। एक्स्पोमा एक सय दश वटा मुलुक र अन्तर्रांष्ट्रिय संगठनले आफ्नो प्रदर्शनी गरेका छन्। चीनको खुन मिन विश्व बागवानी एक्स्पो, शाङ्गहाई विश्व एक्स्पो र पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोपछि चीनले आयोजना गरेको यो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय एक्स्पो हो।

एक्स्पोभित्र नेपाली इन्जिनियर नरेन्द्र मुलको डिजाइनमा लुम्बिनी शान्ति बगैँचाको निर्माण गरिएको छ। एक हजार वर्गमिटर क्षेत्रफलमा रहेको नेपाली प्रदर्शनी क्षेत्रमा नेपालको प्रतिनिधित्व हुने गरी लुम्बिनी शान्ति बगैँचा निर्माण भएको हो। लुम्बिनी शान्ति बगैँचामा स्वयम्भूका दुई आँखा अंकित १५ मिटर अग्लो स्तुप बनाइएको छ र त्यसभित्र ११ फिट अग्लो बुद्धको मूर्ति पनि राखिएको छ। बुद्धको मूर्ति नेपालमा बनाएर चीनमा ल्याइएको हो।

नेपालको तर्फबाट इम्प्लिमेन्टिङ एक्स्पर्टग्रुपले नेपालबाट प्राविधिकहरु ल्याई त्यसको लुम्बिनी शान्ति बगैँचाको निर्माण गरेको हो। इम्प्लिमेन्टिङ एक्स्पर्टग्रुपका निर्देशक तथा एक्स्पोका नेपाल कन्ट्री निर्देशक बिनायक शाहले सुरुमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको बिरुवा ल्याएर राष्ट्रपति भण्डारीको हातबाट रोप्ने योजना रहेको तर त्यो संभवन नभएको नागरिकलाई बताए। नेपालबाट बस्पतिको विरुवा चीनमा ल्याउनका लागि क्वारेन्टाइन लगायत कानुनी जटिलता रहेको र त्यसका लागि निकै लामो समय लाग्ने भएकाले चीनबाट जुटाइएको लोठ सल्लाको विरुवा राष्ट्रपतिको हातबाट रोपिएको बताए।

राष्ट्रपति भण्डारीले सल्लाको विरुवा रोपेर उद्घाटन गरेपछि स्मृति पुस्तिकामा हस्ताक्षर गरिन्।

फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
फोटो सौजन्यः नरेन्द्र मूल (आईईजी)
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App