२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

‘हिंसा’ विरुद्ध दाहालको आक्रोश: अपमानजनक अभिव्यक्ति नसच्याइए संसद चल्दैन

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : चुमन बस्नेत/नागरिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनलाई अपमानित गर्ने अभिव्यक्ति नसच्याएसम्म संसद् अवरोध कायम रहने बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग शनिबार कुरा गर्दैै अध्यक्ष दाहालले दलीय सहमति, संविधानका मूल मर्म र भावनविपरीत माओवादी आन्दोलनलाई नै अपमानित गर्ने चेष्टा गरिएकाले एमाले नेतृत्वको अभिव्यक्ति नसच्याएसम्म संसद् अवरोध भइरहने बताएका हुन्।

दाहालले भने, ‘संविधानमा माओवादी जनयुद्ध भनेर गरिएको व्याख्यात्मक टिप्पणीविपरीत एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गर्ने, अपभ्रंश गर्ने उद्देश्य राखेर व्यक्त गरेको अभिव्यक्ति नसच्याएसम्म हाम्रो विरोध जारी रहन्छ।’

अध्यक्ष दाहालले उपसभामुख हटाउने प्रयासबाट कांग्रेस–एमाले पछि हट्ने  विश्वास व्यक्त गरे। उनले भने, ‘सायद उपसभामुख हटाउने विषयबाट उहाँहरू नै पछि हट्नुहुन्छ।’ राजनीतिबाट कहिले बाहिरिने भन्ने पत्रकारहरूले सोधेको प्रश्नमा दाहालले राजनितिज्ञहरूले राजनीतिबाट बाहिरिने भन्ने नै नहुने बताए।

दाहालले भने, ‘सच्चा राजनीतिज्ञहरू बाँचुञ्जेल त राजनीति गर्छन् नै; मरेपछि पनि राजनीति गरिरहन्छन् भन्ने छ क्या फिलोसोपी र त्यसैले राजनीतिबाट बाहिरिने भन्ने कुरै हुँदैन।’

दाहालले संवैधानिक आयोगका पदाधिकारीहरू सबै एकैपटक गरौं भनेर आफूले प्रस्ताव राखेको दाहालले बताए। उनले सम्भवतः छिटै सबै रिक्त पदहरूमा पदाधिकारी नियुक्ति हुने धारणा राखे।

प्रकाशित: २९ भाद्र २०८१ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App