२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अझै जोखिमपूर्ण तुइनकै भर

पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री भएलगत्तै केपी शर्मा ओलीले दुई वर्षभित्र मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरे पनि सर्वसाधारण तुइनमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

कर्णाली तर्न अझै तुइनको भर

सरकारले मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरेको तीन वर्ष नाघिसक्यो। तर हुम्लावासीका हकमा भने उक्त घोषणा निरर्थकजस्तै बनेको छ। हुम्लामा मात्रै होइन, कर्णाली बग्ने सबैजसो जिल्लामा नदी वारपार गर्न तुइनको विकल्प छैन। दैनिक कामकाज गर्ने सिलसिलामा नदी वारपार गर्न ज्यानको बाजी लगाएर तुइनमा नझुन्डिनहुने बाध्यता रहेको स्थानीय बताउँछन्।

अझै तुइनकै भर

पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुइन हटाउने निर्णय गरेका थिए। २०७२ असोज २५ गते प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५ वटा तुइन दुई वर्षभित्र विस्थापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए। ओलीले उक्त निर्णय गरेको अढाई वर्ष बितिसक्दा पनि प्रदेश ७ (सुदूरपश्चिम) तुइनमुक्त हुन सकेको छैन। खोला÷नदी वारपार गर्ने अन्य विकल्प नहुँदा जोखिमपूर्ण तुइनकै भर पर्नुपरेको छ। ओली दोस्रोपटक प्रधानमन्त्री भएको पनि सय दिन पुगिसकेको छ।

तुइनमुक्त हुँदै धादिङ

तुइन र खिरखिरेमार्फत् जोखिमपूर्ण तरिकाले त्रिशुली नदी वारपार गर्दै आएका धादिङबासी झोलुंगे पुल बनेपछि हर्षित भएका छन्।

ओलीको ‘तुइनमुक्त नेपाल’ घोषणा अलपत्र

केपी शर्मा ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा मुलुकभरबाट तत्काल तुइन हटाउने पहिलो निर्णय गरेका थिए। तर उनी दोस्रोपटक सत्ताको नेतृत्वमा पुग्दा पनि मुलुकका विभिन्न नदीमा रहेका तुइन जस्ताका तस्तै छन्। २०७२ असोज २५ मा ‘देशभरका तुइन हटाउने’ प्रधानमन्त्री ओलीको पहिलो निर्णय साढे दुई वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हो। अघिल्लोपटक ओली करिब १० महिना सत्तामा बसेका थिए।

तुइनमुक्त हुन सकेन तनहुँ

सरकारले तुइनमुक्त गर्ने घोषणा गरेको दुई वर्ष पूरा भएपनि तनहुँ अझैसम्म तुइनमुक्त हुन सकेको छैन । ऋषिङ र देवघाट गाउँपालिकाका स्थानीय ज्यानजोखिममा राखेर तुइनबाट सेतीनदी तर्न बाध्य छन् ।

तुइन चुडिँदा एकको मृत्यु, दुई घाइते

कैलाली मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली नदीको चिप्लेटघाटमा रहेको तुइन (फेरी) चुडिँदा एक जनाको मृत्यु भएको छ।

तुइन चुडिएर एकको मृत्यु

महोन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदी तर्नेक्रममा तुइनको डोरी चुडिएर एकको मृत्यु भएको छ । आइतबार तुईन तर्ने क्रममा तुईनको डोरी चुडिएर सोही गाउँपालिका–६ सोल्टा बस्ने ३५ वर्षीय टेकबहादुर बिष्टको घटनास्थलमा मृत्यु भएको हो।

तुइनले जोडियो तातोपानी, फड्के भने लच्कियो

आगामनको एकमात्र बिकल्प लार्चा पुल भाँचिएपछि साता लामो नाकाबन्दीमा परेको सीमा नाका तातोपानी तुइनले जोडिएको छ। भोटेकोसी नदीमाथि शनिबार साँझ तुइन राख्ने काम सकिएपछि आइतबार स्थानीय ओहोदोहोर गर्न थालेका छन्।

रुकुममा चालू वर्ष ६ तुइन विस्थापित

यस आर्थिक वर्षमा जिल्लाका छ वटा तुइन विस्थापित भएका छन्। नेपाल सरकारको तुइन मुक्त बनाउने कार्यक्रमअन्तरगत यी तुइनहरु बिस्थापित भएका हुन् ।

भारतले महाकाली नदीका तुइन काट्यो, सीमा नाका बन्द

आइतबार बेलुकी ५ बजेदेखि दार्चुलाका भारतसँग जोडिएका सीमा नाकाहरु शिल गरिएका छन्। फ्रेवुअरी १५ अर्थात फागुन ४ गते सीमावर्ती भारतीय उत्तराखण्ड राज्यमा हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नाका ३ दिन सम्मका लागि बन्द गरिएको हो।

तुइन बिग्रँदा पढाइबाट वञ्चित

जिल्लाको मुदी–९ सिमकोस बगरका विद्यार्थी तुइन बिग्रिएपछि विद्यालय जानबाट वञ्चित छन् । सिमकोसमा बसोबास गर्दै आएका आठ घरधुरीका बालबालिका म्याग्दी नदीको तुइन बिग्रिएपछि महिनौंदेखि विद्यालय जान पाएका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्