२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

भारतले महाकाली नदीका तुइन काट्यो, सीमा नाका बन्द

दार्चुला— आइतबार बेलुकी  ५ बजेदेखि दार्चुलाका भारतसँग जोडिएका सीमा नाकाहरु शिल गरिएका छन्। फ्रेवुअरी १५ अर्थात फागुन ४ गते  सीमावर्ती भारतीय उत्तराखण्ड राज्यमा हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नाका ३ दिन सम्मका लागि बन्द गरिएको हो।

दार्चुला जिल्लाका तीन नाका सदरमुकाम खलंगा,दत्तु र जौलजीबी नाका बन्द भएका हुन्। भारतीय प्रशासनले निर्वाचन हुनु ७२ घण्टा अगावै नेपाल भारत जोडिएका सिमा नाका बन्द गर्नेबारे नेपाली पक्षलाई पत्राचार गरेर जानकारी दिएको प्रमुख जिल्ला अधिकारी हर्क बहादुर सिंहले बताए।

यस अघि नेपाल भारतका सुरक्षा अधिकारीहरुबीच भारतको पिथौरागढमा भएको सिमा समन्वय बैठकमा सो बारे दुुवै पक्षका अधिकारीबीच छलफल भएको थियो। भारतीय पक्षले निर्वाचनको अवधिमा नेपालतर्फ बाट कुनै अवान्छित घटना हुन सक्ने भन्दै केही दिन पहिलेदेखि नै सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गर्दै आएको थियो।

तुइन काटियो
सीमा क्षेत्रमा हुनसक्ने अपराधिक क्रियाकलाप न्युनीकरणका लागि नेपाली पक्षलाई समेत आग्रह गरेको जनाइएको छ। सुरक्षा सतर्कता अपनाउँदै भारतीय पक्षले महाकालीमा नेपाल भारत जोडने दुहु क्षेत्रका सबै तुइन काटेको छ।  पुल बन्द भएको अवधिमा घाइते तथा विरामी उपचार लगायतका  इमर्जेन्सी अवस्थामा भने दुवै देशका सुरक्षा निकायको समन्वयको आधारमा खोल्न सक्ने समेत दुवै पक्षका अधिकारीबीच सहमति भएको छ ।

प्रकाशित: १ फाल्गुन २०७३ १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App