४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकिङ प्रणाली झन्झटिलो

सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग सम्झौता गरेको बैंकले सम्झौता अनुसार टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राही निराश देखिएका छन्।

सामाजिक सुरक्षा भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउँछौँ : माधकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्। भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडौं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा मंगलबार यहाँ आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले स्व अधिकारीले शुरुआत गरेको सामाजिक सुरक्षा भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

इजरायल रोजगारी कार्यविधि मन्त्रालयमा

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः सुरु गर्न वैदेशिक रोजगार विभागले कार्यविधि तालुकवाला निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कार्यविधि स्वीकृति हुनेबित्तिकै इजरायल रोजगारी सुरु हुने बताए।

मलेसियामा जाने श्रमिकलाई अनिवार्य सामाजिक सुरक्षा

सर्वाधिक श्रम स्वीकृति लिने र धेरै नेपाली श्रमिकको मृत्यु हुने गन्तव्यको रूपमा चिनिएको मलेसियामा रोजगारीका लागि जाने नेपालीलाई त्यहाँको सामाजिक सुरक्षा संस्था (सोक्सो) मा आबद्ध गराइने भएको छ। केही दिनअघि मन्त्रिपरिषद् बैठकले नेपाली श्रमिकलाई सोक्सोमा आवद्ध गराउने प्रक्रियाका लागि वैदेशिक रोजगार बोर्डलाई जिम्मा दिएको छ।

योगदानकर्ताले निवृत्तभरण र अवकाश सुविधा पाउने

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ संशोधन गरिएको छ। संशोधन अनुसार सामाजिक सुरक्षा कोषले सञ्चालनमा ल्याएको बृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तभरण र अवकाश सुविधा योजनामा टुक्राइएको छ।

सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक खुसी

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक खुसी भएका छन्। कोरोना कहरले समस्या भएको भन्दै ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको निर्देशनपछि गाउँपालिकाका सबै वडा कार्यालयले अहिले घरैमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि उनीहरू खुसी भएका हुन्।

सामाजिक सुरक्षा कोष लगानी कार्यविधि स्वीकृत

अब योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य शीर्षकमा कुल लगानीको १५ प्रतिशतसम्म सापटी पाउने छन् ।

छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन्।

ताप्लेजुङका स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने

ताप्लेजुङका ९ मध्ये ५ वटा स्थानीय तहले यहिँ मंसिर १ गतेबाटै सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्नुपर्ने भएको छ।

सामाजिक सुरक्षा भत्ता, जनप्रतिनिधिले लिए तर जनताले पाएनन्

गोरखाका अधिकाशं स्थानीय तहका जनप्रतिनिधिले आफूले पाउने तलबभत्ता लिइसके। कतिपयले त तलबभत्ता लिएको महिना दिन पनि बढी भयो। तर दसैंको मुखमा सामाजिक सुरक्षाभत्ता पाउनुपर्ने सर्वसाधारणले घटस्थापना लागिसक्दा अझै पाएका छैनन्।

सामाजिक सुरक्षा भत्तामा चुहावट

वडामा मृत्यु भइसकेका, बसाइँ सरेका, नक्कली व्यक्ति वा एउटै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता निकासा गरेर चुहावट भइरहेको सरकारी तथ्यांकले देखाएको छ।

नाम, जन्म मिति, नागरिकता नम्बर र ठेगाना एउटै भएकाे तीन जनालाई सामाजिक सुरक्षा भत्ता

एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनै जना फुलसरी राई सो वडामै छैनन्।

सामाजिक सुरक्षा योजना: लकडाउनमै थपिए २५ हजार योगदानकर्ता

योजनामा सूचीकृत हुन श्रमिकले न्यूनतम पारिश्रमिकको ११ र रोजगारदाताले २१ प्रतिशत योगदान गर्नुपर्छ। सोही रकमबाट कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा, पेन्सन जस्ता सुविधा उपलब्ध गराउँछ।

सामाजिक सुरक्षा भत्ता घरघरमै वितरण

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा सर्लाही हरिवन नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्