५ वैशाख २०८१ बुधबार
समाज

ताप्लेजुङका स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने

ताप्लेजुङका ९ मध्ये ५ वटा स्थानीय तहले यहिँ मंसिर १ गतेबाटै सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्नुपर्ने भएको छ। नेपाल सरकार गृृह मन्त्रालयले २०७७ साल कात्तिक २४ गते जारी गरेको नेपाल राजपत्र खण्ड ७० संख्या २९ मा देशभरका स्थानीय तहहरुको संख्या, नाम र बैंकमार्फत अनिवार्य रुपले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने मिति स्पष्ट व्यवस्था गरेको छ। यो अनुसार ताप्लेजुङको फुङ्लिङ नगरपालिका, आठराइ त्रिबेणी गाउँपालिका, पाथीभरा याङ्वरक, सिदिङ्वा र मेरिङ्देन गाउँपालिकाले मंसिर १ गतेबाटै अनिवार्य रुपले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्नुपर्ने छ।  

यस्तै फक्ताङ्लुङ गाउँपालिका, मैवाखोला गाउँपालिका र सिरिजङ्घा गाउँपालिकाले २०७८ साल साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्नुपर्ने भएको छ। यि सबै पालिकामा बैंकिङ सेवा सुरु भइसकेको छ। फुङ्लिङ नगरपालिकामा नेपाल बैंक लिमिटेडसहित दर्जन बढी निजी बैंकहरुले सेवा दिइरहेका छन्। पाथीभरा याङ्वरक र सिदिङ्वा गाउँपालिकामा लक्ष्मी बैंक, मेरिङ्देनमा एनसीसी बैंक र आठराइ त्रिबेणी गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंकले सेवा दिइरहेका छन्।  

यस्तै फक्ताङ्लुङमा ग्लोबल आइएमई, मैवाखोलामा सनराइज र सिरिजङ्घामा नेपाल बैंक लिमिटेडका स्थानीय शाखा छन्। मिक्वाखोला गाउँपालिकामा भने बैंकिङ सेवा प्रवाह भइसकेको छैन। त्यहाँ पनि २०७८ साल मंसिर १ गतेबाट अनिवार्य रुपले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने सरकारद्वारा जारी राजपत्रमा उल्लेख छ।

प्रकाशित: २८ कार्तिक २०७७ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App