मेलम्ची नदीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
शनिबारदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढेको छ।
शनिबारदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढेको छ।
सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटर मात्र राजधानीमा वितरण भइरहेको छ।
नदीले धार परिवर्तन गर्दा बजार क्षेत्रका घर जोखिममा परेका छन्। जोखिममा रहेका नागरिक जीर्ण झोलुङ्गे पुल मर्मत र संरक्षण तथा बस्तीको दीर्घकालीन विकल्पको माग गरिरहेका छन्। पुल नभए यहाँका स्थानीयवासीको जीवन कष्टकर बन्ने बाढीबाट प्रभावित बनेका स्थानीयवासी श्यामकुमार श्रेष्ठ बताउ छन्।
मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ। गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ।
सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीको उद्गमस्थल हेलम्बु गाउँपालिकामा बढी क्षति पुगेको बताए। उनका अनुसार बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको छ। यसअघिको बाढीबाट यी घरमा क्षति पुगेको थियो। ‘बाढीले मेलम्ची–हेलम्बु जोड्ने चनौटेको रातो पुल बगाएको छ,’ अधिकारीले नागरिकसँग भने, ‘पुल बगेसँगै हेलम्बुसँग सडक सम्पर्क टुटेको छ।’