२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

साढे पाँच खर्ब लगानी, प्रतिफल न्यून

आर्थिक वर्ष २०७७/७८ मा अस्तित्वमा रहेकामध्ये २२ संस्थान नाफा आर्जन गर्न सफल देखिए पनि खुद नाफा ४०.३० प्रतिशतले घटेको छ।

सात महिनामा करिब सात अर्बको फलफूल आयात

चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ। सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ मूल्य बराबरका आँप, सुन्तला, कागती, अंगुर र स्याउ आयात भएको हो।

६ वाणिज्य बैंकको प्रतिफल निक्षेपको ब्याजभन्दा थोरै

आर्थिक वर्ष २०७७/७८ को कमाइबाट १० प्रतिशतभन्दा थोरै लाभांश वितरण गर्ने घोषणा गरेका वाणिज्य बैंकहरूमा सिभिल, नेपाल एसबिआई, सेञ्चुरी कमर्सियल, कुमारी, सनराइज र एनसिसी हुन्।

वीरगन्ज भन्सारबाट ८८ अर्ब ६९ करोड राजस्व

वीरगन्ज भन्सारबाट हुने राजस्व संकलन पछिल्लो समयमा लयमा फर्किएको छ। कोरोना संक्रमण केही मत्थर भई उद्योग र बजार तंग्रिन थालेपछि त्यसको परिणाम भन्सार राजस्व सुधारको रूपमा देखिएको हो।

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

खर्च गर्न नसकेर चितवनका ६ पालिकाले फिर्ता गरे ३५ करोड बढी अनुदान

चितवनका ६ पालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा खर्च गर्न नसकेर ३५ करोड बढी अनुदान फिर्ता गरेका छन्। सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत तीन शिर्षकमा दिएको अनुदान जिल्लाका ६ स्थानीय तहले खर्च गर्न नसकेर फिर्ता गरेका हुन्। खैरहनी नगरपालिकाले भने अझै पनि फिर्ता गरेको छैन।

ई–कमर्समा उछाल :वर्षमा साढे ८ अर्बमाथि कारोबार

गत आर्थिक वर्षमा वैदेशिक लगानीमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक ग रेको तथ्यांक अनुसार गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भएको हो।अघिल्लो आवमा १९ अर्ब ४८ करोड रूपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन करोड रूपैयाँले बढे र १९ अर्ब ५१ करोड रूपैयाँ पुगेको हो ।

रसुवाको केन्द्रबाट ४० हजार माछाको भुरा बिक्री

रसुवामा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले एक वर्षमा ४० हजार माछाको भुरा बिक्री गरेको छ। गएको आर्थिक वर्ष २०७७/७८ मा केन्द्रले पालन तथा प्रविधि विस्तारको लागि रेन्बो ट्राउट माछाको आँखा उम्रेको अण्डा ७४ हजार र रेन्बो ट्राउट माछाको ४० हजार भुरा बिक्री गरेको हो।

पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम

लाङटाङ राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७७/७८ मा पर्यटकको आगमन निकै कम भएको छ।

रसुवा भन्सारः दश महिनामा लक्ष्यको तुलनामा आधा पनि राजस्व उठेन

चालु आर्थिक वर्ष २०७७/७८ को दश महिना बितिसक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन। कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यातमा कडाइ गरिएसँगै राजस्व संकलन प्रभावित बनेको हो। २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ।

चालु खाता एक खर्बले घाटामा

चालु आर्थिक वर्ष २०७७/७८ को सात महिनामा चालु खाता एक खर्ब एक अर्ब ९० करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६ अर्ब रूपैयाँले घाटामा थियो। चालु आवको सुरुदेखि नै बचतमा गएको चालु खाता मंसिरपछि घाटामा जान थालेको हो। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेकोे विवरण अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता यस अवधिमा ८७ करोड १० लाखले घाटामा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्