१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ई–कमर्समा उछाल :वर्षमा साढे ८ अर्बमाथि कारोबार

नेपालमा डिजिटल कारोबार हुने क्रम ह्वात्तै बढेको छ। विगत लामो समयदेखि डिजिटल कारोबारमा जोड दिने गरे पनि व्यवहारमा त्यस्तो हुन नसकेको बेला आर्थिक वर्ष २०७७/७८ मा भने निकै बढी कारोबार भएको  र त्यसले आगामी सम्भावनालाई झनै बढाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ई–कमर्समा आठ अर्ब ६४ करोढ ३९ लाख रूपैयाँको कारोबार भएको हो।

कोरोना महामारीका कारण डिजिटल कारोबारमा वृद्धि भएको सम्बद्ध अधिकारी बताउँछन्। यस्तो कारोबारले सेवा दिने निकाय  र सेवाग्राहीलाई सहजता दिनुको साथै आर्थिक पारदर्शिता कायम गर्न पनि उत्तिकै मदत पुर्‍याउँछ। पछिल्लो समयमा उपभोक्ताले साना साना घरायसी सामानदेखि खाद्यान्न लगायत विद्युतीय सामान ख रिद समेत अनलाइन भुक्तानीबाट गर्न थालेका छन्।

मूल्यवृद्धि साढे तीन प्रतिशतमा कायम  

यसैबीच, गत वर्ष उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ३.६० प्रतिशत कायम भएको छ।राष्ट्र बैंकका अनुसार जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.५५ प्रतिशत बिन्दुले कम हो।अघिल्लो आवमा यस्तो मुद्रास्फीति ६.१५ प्रतिशत थियो।

गत आवमा घ्यु,  तेल, दाल तथा गेडागुडी, सुर्तिजन्य पदार्थको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७.५४, १०.६५, ९.८३ प्रतिशत  रह्यो।समीक्षा अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत  रहेको छ। २०७७ असारमा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत थियो। गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.०० प्रतिशत रहेको छ।अघिल्लो आवमा त्यस समूहको मुद्रास्फीति ८.१६ प्रतिशत थियो।

यसैगरी, गत आवमा गैर–खाद्य तथा सेवा समूहको औसत मुद्रास्फीति २.५१ प्रतिशत  रहेको छ।अघिल्लो आवमा त्यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत थियो। क्षेत्रगत उपभोक्ता मुद्रास्फीति गत आवमा काठमाडौं उपत्यकामा ३.३३, त राईमा ३.६८, पहाडमा ३.८७  र हिमालमा २.८७ प्रतिशत  रहेको छ।अघिल्लो आवमा यस्तो मुद्रास्फीति क्रमशः ६.९६, ६.२९, ५.१०  र ४.९१ प्रतिशते थियो। गत आवमा वार्षिक औसत थोक मुद्रास्फीति ७.६१ प्रतिशत  रहेको छ।अघिल्लो आवमा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशते थियो।  

शोधनान्तर बचतमा गिरावट  

पछिल्लो समयमा शोधान्तर बचतमा गिरावट आउन थालेको छ। गत वर्ष शोधनान्तर एक अर्ब २३ करोड रूपैयाँले बचतमा  रहेको  राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८२ अर्ब ४१ करोड रूपैयाँले बचतमा थियो। उता समीक्षा आवधिमा चालु खाता झिनो  रकमले सुधार हुँदै तीन खर्ब ३३ अर्ब ६७ करोड रूपैयाँले घाटामा  रहेको छ। अघिल्लो आवमा चालु खाता ३३ अर्ब ७६ करोड रूपैयाँले घाटामा थियो।

अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ क रोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा दुई अर्ब ८४ करोड रूपैयाँले घाटामा रहेको छ। त्यस्तै, गत आवमा पुँजीगत ट्रान्सफ र ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड रूपैयाँ पुगेको छ। खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ क रोड रूपैयाँ कायम भएको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफ र.१४ अर्ब २१ करोड रूपैयाँ  र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ करोड रूपैयाँ थियो।

रेमिटेन्स नौ खर्ब ६१ अर्ब

अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले वृद्धि भएपछि गत आर्थिक वर्ष २०७७/७८ मा नौ खर्ब ६१ अर्ब रूपैयाँ  रेमिटेन्स भित्रिएको छ। जुन अघिल्लो वर्षको तुलनामा ९ दशमलब ८ प्रतिशतले वृद्धि भएको  राष्ट्र बैंकले जनाएको छ। गत असार मसान्तसम्म नौ खर्ब ६१ अर्ब पाँच क रोड रूपैयाँ  रेमिटेन्स भित्रिएको छ। अमेरिकी डलरमा  रेमिटेन्स ८.२ प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड डलर पुगेको छ।अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो।

वैदेशिक लगानीमा सामान्य वृद्धि

गत आर्थिक वर्षमा वैदेशिक लगानीमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक ग रेको तथ्यांक अनुसार गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवमा १९ अर्ब ४८ करोड रूपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी  रहेकोमा गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन करोड रूपैयाँले बढे र १९ अर्ब ५१ करोड रूपैयाँ पुगेको हो। 

प्रकाशित: ११ भाद्र २०७८ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App