१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवाको केन्द्रबाट ४० हजार माछाको भुरा बिक्री

रसुवामा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले एक वर्षमा ४० हजार माछाको भुरा बिक्री गरेको छ। गएको आर्थिक वर्ष २०७७/७८ मा केन्द्रले पालन तथा प्रविधि विस्तारको लागि रेन्बो ट्राउट माछाको आँखा उम्रेको अण्डा ७४ हजार र रेन्बो ट्राउट माछाको ४० हजार  भुरा बिक्री गरेको हो।

कोभिड–१९ को कारण सवारी साधन सञ्चालन नहुँदा किसानहरू केन्द्रमा आउन नसकेका र केन्द्रबाट किसानको फर्ममा जान कठिन हुँदा समेत विभिन्न जिल्लामा माछाको आँखा उम्रिएको अण्डा र भूरा पठाइएको केन्द्र प्रमुख महेन्द्र भण्डारीले बताए। कार्यालयको अनुसार लक्ष्यको तुलनामा करिब ८० प्रतिशत रेन्बो ट्राउट माछाको आँखा उम्रिएको अण्डा र  भुरा बिक्री भएको छ।

रेन्बो ट्राउट पालनलाई उपयुक्त मानिएका नेपालका पहाडी, हिमाली र मध्यपहाडका ५८ वटा जिल्लामध्ये ३८ जिल्लामा विस्तार भइसकेका उनले बताए। गत आर्थिक वर्षमा जिल्ला विस्तार अन्तर्गत सहजीकरण गरी मुगु, कालिकोट, जुम्ला र दार्चुला थप गरिएको छ।थप चार जिल्ला सहित पालन तथा प्रविधि विस्तार भएका ३८ जिल्लामध्ये गुल्मी, दोलखा, दार्चुला, रसुवा, मुगु, नुवाकोट, खोटाङ, सिन्धुपाल्चोक र कास्की जिल्लामा बिक्री गरिएको केन्द्रको तथ्यांक छ।

प्रकाशित: १० भाद्र २०७८ ०१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App