१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

लुम्बिनी विकास बैंकको सभा

लुम्बिनी विकास बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावसँगै सेयरधनीलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

सभामा अध्यक्ष दशरथ रिसालले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका थिए। त्यसउपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी सेयरधनीले राखेका जिज्ञासाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले जवाफ दिएका थिए। यो बैंकले ७७ शाखा र १७ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: ११ पुस २०७८ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App