coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

क्रेडिट एन्ड कमर्स बैंकको लाभांश पारित

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर  र  सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ।

सभाले आव २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एन्ड शाक्य एसोसिएट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ माघ २०७८ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App