११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सडकमा बम फेला, सेनाले डिस्पोज गर्न सकेन

स्याङजाको वालिङ नगरपालिका–६ थापाडाँडामा पर्ने ग्रामीण सडकमा बम फेला परेको छ। ग्रामीण सडकको बीच बाटोमा माटोसँगै गडेको अवस्थामा ३६ ह्याण्डको ग्रिनेट बम फेला परेको वडा प्रहरी कार्यालय वालिङका मुद्दा फाँटका प्रमुख सई नवराज केसीले जानकारी दिए।

सडक

हिउँदको बेला थियो । ६ बजे नै झमक्क साँझ परिसक्थ्यो । त्यस दिन म अलि ढिलोसम्मै काममा अलमलिएँ । कामबाट फुर्सद हुनासाथ घरतर्फ जान हतार–हतार पुतलीसडक नेपाल यातायातको बस स्टपमा पुगेँ । जति छिटो गर्न खोजे पनि सवा ६ भइहाल्यो । त्यही साँझ पाहुनालाई घरमा खाना खान बोलाएका थियौँ । कतै आफू घर पुग्नुअघि नै उनीहरू आइपुग्छन् कि भन्ने चिन्ता थियो ।

माघ १३ गतेदेखि मुग्लिन नारायणगढ सडक दिउँसो छ घण्टा बन्द

रातीमा गाडी बन्द गरेर काम गर्दा कुनै प्रगति हुन नसकेको भन्दै नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गते शनिबारदेखि दिउँसोमा बन्द हुने भएको छ।

सडकको चौडाइ घटाउन नहुने माग गर्दै धनगढी बन्द

धनगढीमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै शुक्रबार धनगढी बन्द गरिएको छ।

ट्राफिकद्वारा सडकमा भेट्टाएको रकम हस्तान्तरण

माघ १ गते सांझको समयमा दुहवी भलुवा ३ स्थित ट्राफिक प्रहरी पोष्ट बिटदेखि २० मिटर उत्तरमा ट्राफिक चेकजाँच गरिरहेको अवस्थामा फेला परेको नगद ६५ हजार रुपैयाँ विहीबार ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जिल्ला सुनसरी दुहवी ६ बस्ने विरजु कुमार साहुलाई हस्तान्तरण गरेका हुन्।

मोहना – अत्तरिया ५ छ लेन सडक निर्माणमा अवरोध

भारतीय नाका जोड्ने मोहनादेखि अत्तरियासम्मको ६ लेन सडक निर्माण रोक्ने प्रयास सुरु भएको छ । यस क्षेत्रकै मुहार सुन्दर पार्ने यो महत्वपूर्ण विकासको पूर्वाधारमा अवरोधको प्रयास सुरु भएपछि स्थानीय चिन्तित छन् ।

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्।

फेरि बल्यो सडकमा आगो

मंगलबार बिहान प्रदेशिक राजधानीबारे समाचार फैलियो, ‘सरकारले आज प्रदेश प्रमुखसँगै प्रदेशको अस्थायी मुकाम घोषणा गर्दैछ ।’ उक्त खबरमा जनाइएअनुसार प्रदेश ५ को राजधानी बुटवल आसपास हुने भनेर उल्लेख थियो । प्रदेश नम्बर पाँचको राजधानी दाङ हुनेमा विश्वस्त बन्दै आएका दंगालीका लागि यो खबर अप्रिय बन्न पुग्यो । अनि तत्काल यो खबरले आन्दोलन मच्चाइदियो ।

दमक–रवि सडक मार्ग खुला

झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक–रवि चिसापानी सडक (फाल्गुनन्द मार्ग) को सम्पूर्ण भाग खुलेको छ। दुई दशकअघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुलेको निर्माण उपभोक्ता समितिले जनाएको छ।

दुनैसम्म राष्ट्रिय सडक जोड्न तीन किमी बाँकी

दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको सेनाले जनाएको छ।

सडक विस्तारमा सरकारी निकायकै अवरोध

आयोजनाका अनुसार प्राधिकरणले साँधसीमा कायम नगराइदिने, विद्युत् प्राधिकरणले पोल नहटाउने, टेलिकमले एक्सचेन्ज नहटाइदिने, वन कार्यालयले रूख काट्न नदिने तथा महानगरपालिकाले स्ट्रिट लाइटका पोल नहटाउने गर्दा सडक विस्तारमा अवरोध देखिएको हो ।

बेनी–जोमसोम सडक कालोपत्रे गरिने

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ।  चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ। आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए। बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ । नालीसहित ११ मि चौडाइ रहने दुई लेनको सडकको सात मि चौडाइमा कालोपत्रे गरिने इ निरौलाले बताए।

हुलाकी सडकमा अनियमितता

जिल्लामा हुलाकी सडक निर्माण कार्यले पछिल्लो समय तीव्रता पाए पनि ठेकेदार र आयोजना सम्बद्ध अधिकारीको मिलेमतोमा कमसल सामग्री प्रयोग गरी अनिमियतता गरेकोे पाइएको छ।

नारायणगढ मुग्लिन सडक चार दिन चौबिसै घण्टा खुल्ने

रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ मुग्लिन सडक आज शनिबारदेखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ। चितवन जिल्ला ट्राफिक कार्यालयले शनिबार सूचना जारी गरेर सो जानकारी गराएको हो। माघे संक्रान्तिको समय परेका कारण बाटो चौबिसै घण्टा खुला हुने बताइएको छ।

सडक कालोपत्रेमा ढिलासुस्ती गरेको भन्दै आक्रोश

मध्यपहाडी लोकमार्ग कालेपत्रेको काम सुस्त भएको भन्दै खोटाङका प्रदेशसभा सदस्य राजन राईले आक्रोश पोखेका छन्। ठेकेदारको ढिलासुस्तीका कारण एकपल्ट थप भएको म्याद गुज्रिदा समेत मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी खण्डको कालोपत्रेका काम आधा मात्र पूरा भएको भन्दै प्रदेशसभा सदस्य राईले आक्रोश पोखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्