६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ट्राफिकद्वारा सडकमा भेट्टाएको रकम हस्तान्तरण

काठमाडौं – जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले सडकमा फेला परेको रकम सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ।

माघ १ गते सांझको समयमा दुहवी भलुवा ३ स्थित ट्राफिक प्रहरी पोष्ट बिटदेखि २० मिटर उत्तरमा ट्राफिक चेकजाँच गरिरहेको अवस्थामा फेला परेको नगद ६५ हजार रुपैयाँ विहीबार ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जिल्ला सुनसरी दुहवी ६ बस्ने विरजु कुमार साहुलाई हस्तान्तरण गरेका हुन्।

रकम फेला परेपछि ट्राफिक प्रहरीले सार्वजनिक सूचनामार्फत सम्बन्धित व्यक्तिसम्म खबर पुर्याएको थियो।

प्रकाशित: ४ माघ २०७४ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App