१५ वैशाख २०८१ शनिबार
image/svg+xml

विराटनगरमा गाईजात्रा (तस्बिरहरु)

प्रत्येक वर्ष विराटनगरमा पनि गाईजात्रा निकाल्ने गरिन्छ। विराटनगरको झीःपुच बाट सुरु भएको गाईजात्रा मेनरोड हुँदै राधाकृष्ण मन्दिरमा पुगेर विसर्जन हुन्छ।

भक्तपुरमा घिन्ताङघिसी नाचसहित टोलटोलबाट निकालियोे गाईजात्रा

भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि शुरु भएको छ। अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा शुरु भएको मानिन्छ।

वसन्तपुरमा गाईजात्रा मनाउन शुरु

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ।

जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन्। नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए।

जनैपूर्णिमा मनाइँदै (तस्बिर सहित)

आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ।यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइदै आइएको छ। तिथि घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

पञ्चाङ्ग निर्णायक समितिले भन्यो- जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा भोलि नै हाे (सूचनासहित)

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ।

जनैपूर्णिमा र गाईजात्राको निर्णय सार्वजनिक गर्दै स्थानीय तह

स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन्।

'गाईजात्रा’को तयारीमा कलाकार

‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन्।सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन्।यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको नकारात्मकताबारे सचेत गराइन्छ।यद्यपि केही वर्षदेखि हाँस्य कलाकारमाझ नै यसको उत्साह घटेको पाइन्छ।

भक्तपुरका सांस्कृतिक गुरुहरू सम्मानित

परम्परागत सांस्कृतिक नाच र अन्य गतिविधिहरुमा महिलाहरुको उत्साहजनक सहभागीता बढ्दै गएको बताउँदै उनले भक्तपुरको कला संस्कृति जगेर्णामा यहाँका कलाकार, लोहँकर्मी र सिकर्मीको योगदान उल्लेखनीय भएको भन्दै प्रशंशा गरे।

वसन्तपुरमा गाईजात्रा पर्व मनाइँदै (फोटोफिचर)

यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ। कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ।

भक्तपुरमा गाईजात्राको तयारी सुरु

कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउँदै यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने उद्देश्यले संस्कृतिकर्मी भेलाको आयोजना गरेको बताए।

तेस्रो लहरमा जोगिने तयारी

दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।

गाईजात्रा : टोखामा ५८ दिवङ्गतको सम्झना गरी मनाइयो

धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टोखामा गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ।

फेरिएको 'आधुनिक' गाईजात्रा

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।

कोरोनाका कारण औपचारिकतामै सीमित गाईजात्रा

कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी गर्न नगरपालिकाले आग्रह गरको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्