२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रुबिनाको ह्याट्रिक, क्यान ११ सँग एमसिसी पराजित

पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु भएको मैत्रीपूर्ण टी–२० को पहिलो खेलमा टस जितेर व्याटिङ गरेको क्यान ११ ले ९ विकेटको क्षतिमा ९९ रनको योगफल तयार पार्‍याे। काजल श्रेष्ठलाई २ रनमै गुमाएको क्यान ११ ले दोस्रो विकेट पनि थप एक जोड्ने क्रममा गुम्यो। इन्दु बर्मा एक बलमै गोल्डेन डक आउटको शिकार भइन्।

असोज २० मा नेपाल फर्कन्छुः सन्दीप

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले कानुनी लडाइँ लड्ने अठोटका साथ असोज २० गते नेपाल फर्किने बताएका छन्।

नेपाल टी–२० मा ब्रेटली मेन्टरमा नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताए। फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन्।

नेपालले नेत्रहीन ट्वान्टी–२० विश्वकप खेल्ने

नेपालले भारतमा आयोजना हुने तेस्रो ट्वान्टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा खेल्ने भएको छ।

वरीयता सुधार्दै विश्वकप खेल्ने लक्ष्य

‘नोभेम्बर १५ सम्ममा विश्ववरीयताको शीर्ष १२ मा रह्यो भने नेपालले स्वतः विश्वकपको टिकट पक्का गर्नेछ। त्यसैले खेलाडीहरूले यसबारे अहिलेबाटै मानसिक रूपमा तयार रहनुपर्‍यो।’

प्रभाकरको प्राथमिकता ब्याटिङ सुधार

नवनियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले क्रिकेट खेलाडीले अपनाउँदै गरेको ब्याटिङ शैली गलत भएको भन्दै आफ्नो प्रशिक्षणमा पहिलो प्राथमिकता ब्याटिङ सुधार रहेको बताएका छन्।

काठमाडौँ आइपुगेपछि प्रशिक्षक प्रभाकरले भनेः छोटो समयमै टिममा परिवर्तन देख्नुहुनेछ

‘मेरो लागि यो चुनौती हो। त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने। ‘म सँग धेरै अनुभव छ। मलाई लाग्छ मैले राम्रो नतिजा दिन सक्नेछु। कसरी सबै कुरा सुधार गर्ने युवा खेलाडीसँग कसरी काम गर्ने मलाई थाहा छ। यो सानो कुरा हो सुधार मात्रै आवश्यकता छ तपाईँले दुई देखि तीन महिनामा भिन्नता पाउनुहुनेछ। त्यही सबै कुरा सुधार्नका लागि म यहाँ आएको छु।,’

क्रिकेटका नयाँ प्रशिक्षक प्रभाकर मासिक १५ हजार डलरमा आउँदै, ‘कमजोर ब्याटिङ’ पहिलो चुनौती

‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौं। पारिवारिक कारणले उहाँ जानुभयो। रिक्त भएको पदमा लामो कसरतपछि मनोज प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौं। उहाँलाई हाराहारी १४/१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ। उहाँ अनुवन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाई पाउने अपेक्षा राखेको छ। किनभने कुनै समय भारतका लागि प्रभावकर अब्बल खेलाडी थिए। पछिल्लो समय अफगानीस्तानलाई टेस्ट नेशन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो।’

विराटनगर र जनकपुरको लोगो सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका टोलीद्वय विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले बिहीबार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेका छन्।

नेपालबाट राजीनामा घोषणा गरे लगत्तै पुबुदु क्यानाडाको प्रशिक्षकमा नियुक्त

नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका दासानायेके क्रिकेट क्यानाडाको हेड कोच नियुक्त भएको सामाजिक सञ्जालबाट जानकारी दिइएको छ।

नेपाल टी–२० लिगका लागि चार टोली घोषणा

असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुर स्थिति त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले चार टोलीको नाम सार्वजनिक गरेको हो।

नेपालले अस्ट्रेलियामा अभ्यास क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्