२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालले अस्ट्रेलियामा अभ्यास क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र रोयल हेरिटेज अस्ट्रेलियाबीच उक्त अभ्यास खेल खेल्नका लागि सम्झौता भएको हो। सम्झौताअनुसार नेपाली क्रिकेट टोलीले हरेक वर्ष १० दिन अस्ट्रेलियामा क्रिकेट खेल्नेछ। नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय क्यालेन्डरलाई प्रभावित नगर्ने गरी खेल आयोजना हुने दुईपक्षीय सम्झौतामा उल्लेख गरिएको छ।

क्यानका जनरल म्यानेजर विक्रान्त खनाल र रोयल हेरिटेजका तर्फबाट स्वतन्त्रप्रताप शाहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। रोयल हेरिटेजले अस्ट्रेलियाको स्टेट टिमसम्मको खेल खेलाउने प्रयास गरेको छ।

क्यानका जनरल म्यानेजर वृत्तान्त खनालले नेपाली टोलीको अस्ट्रेलिया भ्रमणको तयारी भइरहेको र नेपाली टोलीले स्थानीय क्लबसँग प्रतिस्पर्धा गर्ने जानकारी गराए । ‘रोयल र क्यानबीचको सहमतिअनुसार नेपालले भ्रमणको अन्तिम तयारी गरिरहेका छौं,’ खनालले भने, ‘सेप्टेम्बरमा नेपालमा क्रिकेट खेलाउने अवस्था हुँदैन। त्यसका कारण हामीले त्यहाँको भ्रमण गर्ने व्यवस्था मिलाएका हौं। तर, अहिले नै यो टिमसँग खेल्ने भन्नेबारे तय भइसकेको छैन।नेपाली क्रिकेट टोलीलाई व्यस्त राख्न पनि यो सम्झौता महत्त्वपूर्ण छ।’ नेपाली टोली हाल आइसिसी विश्वकप लिग-२ को तयारीका लागि क्यानडा भ्रमणमा छ।

नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ। नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ। नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपालले स्कटल्यान्डमा विश्वकप लिग ‘टु’ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। नेपालले स्कटल्यान्डमा लिग ‘टु’ अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ।

प्रकाशित: १६ असार २०७९ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App