२ मंसिर २०८१ आइतबार
image/svg+xml

उवासंघ अध्यक्षको दुर्घटनामा मृत्यु

उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष कुशहरि मैनालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

डडेल्धुरा बस दुर्घटनाकी घाईतेलाई उपचार खर्च अभाव

केहीदिनयता आक्कल–झुक्कल आँखा फट्फटाउछ । यसरी फट्फटाउने परेलाले केही भनेजस्तो आभास दिन्छ । बोल्नसक्ने अझै भएकी छैनन् । समग्रमा आएको सुधारले बुवा तेजबहादुर धामीमा केही निमेष उनी ‘बाँच्नसक्ने आशा’ पलाएको छ । तर, ‘रित्तिएको खल्ती’ले भने निराशा थप्दै लगेको छ ।  यो अवस्था मंसिर ६ गते भएको डडेल्धुरा बस दुर्घटनाकी घाईते १३ वर्षिया बालिका राधिका धामीको हो ।

दुर्घटना नियन्त्रणका लागि सार्वजनिक महत्वको प्रस्ताव

सडक दुर्घटना नियन्त्रणका उपाय अपनाउनुपर्ने भन्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले नेपालमा सडक दुर्घटना भयावह किसिमले बढ्दै गएको उल्लेख गर्दै मंगलबार संसद् सचिवालयलमा प्रस्ताव दर्ता गराएकी हुन्।

चितवनमा मोटरसाइकल दुर्घटना, पैदाल यात्रीसहित दुईको मृत्यु

चितवनमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ। भरतपुर महानगरपालिका–१० रिजालचोकमा उक्त मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्री र मोटरसाइकल चालककाे ज्यान गएकाे हाे।

रोल्पामा बस पल्टियाे, २ जनाको मृत्यु

रोल्पाको लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा साेमबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आशिर्वाद यातायात प्रालीको बा १ ख ५५२१ नम्वरको बस सडकबाट करिब ५० मिटर तल खसेको हाे।

दुर्घटनापीडित परिवारलाई कांग्रेसको सहयोग

नेपाली कांग्रेस जिल्ला कार्य समिति(नुवाकोट)ले गत मंसिर अन्तिम साता दुप्चेश्वर–१, घ्याङडाँडामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

भोजपुरमा जीप दुर्घटना : ११ घाइते, २ को अवस्था गम्भीर

हतुवागढि गाउँपालिका ४ खैराङ्गमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइते मध्ये २ को अवस्था गम्भीर रहेको छ। हसनपुरबाट घोडेटार तर्फ गइरहेको को १ ज ९० नं काे जीप आइतबार दिउँसो खैराङमा अनियन्त्रित भइ दुर्घटनामा परेकाे थियाे।

भारतमा बस दुर्घटना हुँदा ६ स्कुले बालबालिकाको मृत्यु

भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनकाे भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

६ लेन सडक : निर्माणमा कमजोरीले दुर्घटना बढ्दै

धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत बोराडाँडीमा कल्भर्ट निर्माणका लागि खनिएको खाल्डोमा अहिलेसम्म चार मोटरसाइकल र एक जिप खसिसकेका छन्। कल्भर्ट अगाडि डाइभर्सन गर्न बनाएको सडकको संकेत गरेको साइनबोर्ड नराखिएकाले झुक्किएर सवारीसाधन दुर्घटनामा परेर खाल्डोमा खसेका हुन्।

दुर्घटनामा चालकको मृत्यु

पुर्चौडी नगरपालिका–६, भुमिराजको धन्नदामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मंगलबार हाटबाट फर्कने क्रममा तुसारोमा चिप्लेर से१च १५७२ नम्बरको बोलेरो जिप २० मिटर तल खस्दा चालक डोटी जोरायल गाउँपालिका–२, बुडरका २९ वर्षीय कमल सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

धादिङमा जीप दुर्घटना हुँदा १३ घाइते

धादिङको नेत्रावती डावजोङ गाउँपालिका –५ विहारथोकमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्