६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजाल रहेका छन्। वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ५०६० नंको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा४०प ९२०६ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। 

मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ। 

प्रकाशित: २१ पुस २०७५ ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App