१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डेनमार्कमा रेल दुर्घटना, ६ जनाकाे मृत्यु

डेनमार्क - डेनमार्कमा रेल दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। डेनमार्कको ग्रेट बेल्ट पुलमा भएको दुर्घटनाकाे आधिकारीक कारण भने हालसम्म खुल्न नसकेको बताइएपनि भारी आँधिका कारण उक्त यात्रुवाहक रेल अर्को मालवाहक रेलसँग ठोक्किन पुगेको अनुमान गरिएको छ। तिव्र आँधि आउने क्रम जारी रहेकोले उद्धारमा कठिनाई उत्पन्न भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन्। यात्रुवाहक रेल राजधानी कोपनहेगन गईरहेको थियो। 

प्रकाशित: १८ पुस २०७५ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App