३ असार २०८१ सोमबार
image/svg+xml

कालीखोलामा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

च्छाकामना गाउँपालिका ६ कालीखोलामा माथिबाट लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन

चार दिन अघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तिव्र पारिएको छ। सो स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो।

केदारनाथ पहिरो : जुम्लाका चौर र पेरेगाउँ शोकमा

भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ७ जना सहित एकै गाउँका ९ जना बेपत्ता भएपछि जुम्लाको पातारासी गाउँ पाउपालिका ३ चौरगाउँ यति बेला शोकमा डुबेको छ। गाउँका हरेक घर आँगनमा बसेर स्थानीय घटनाको दुः खना पोखिरहेका छन्। गाउँमा बच्चा देखि वृद्ध सम्मका आँखा ओभानो देखिँदैनन्।त्यो चौर गाउँमा कामका लागि भारत गएकाहरू कहिल्यै पनि बाढी पहिरोमा परेका थिएनन्।

व्यापारका लागि केदारनाथ पुगेका दर्जन नेपाली पहिरोमा परी बेपत्ता

केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएकाे पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए।

दोलखाको पहिरोमा बेपत्ता हुनेको परिचय खुल्यो (अपडेट)

जिल्लाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार साँझ गएको पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी गम्भीर घाईते भएका ३ लाई हेलिकप्टर मार्फत राजधानी लैजाने प्रयास भईरहेको छ।

बाजुराको सय बस्ती पहिरोको उच्च जोखिममा, स्थानीय रातभर जाग्राम

कमजोर सतह भएको भिरालो र पाखो जमिन भएको क्षेत्रमा झनै जोखिम बढी हुने गरेको छ। कमजोर सतह र बढी बाढी पहिरोको जोखिम हुने जिल्लामा बाजुरामा पनि अग्र भागमा छ।

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ।

पहिरोको उच्च जोखिममा रहेका गाउँमा १५ वटा अस्थायी घर बने

पहिरोको उच्च जोखिममा रहेका परिवारलाई अस्थायी एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने अभियानमा जुटेको मैवाखोला गाउँपालिकाले अभियानको तेस्रो दिन सम्म १५ वटा घर बनाई सकेको जनाएको छ।

पहिरो पीडितका लागि राहत संकलन र वितरण तीव्र

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका बाढी तथा पहिरो पीडित एवम् प्रभावितका लागि साढे ११ लाख हाराहारी रकम संकलन गरेको छ।

हुम्लामा बाढी पहिरोले दुई गाउँमा क्षति

हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ।जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति पुगेको जानकारी दिए।

बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ। उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो।

कालिखोलामा पुनः पहिरो खस्यो, नारायणगढ-मुग्लिङ सडक खण्ड अवरूद्ध

केही समय अघि खुलेको नारायणगढ मुग्लिङ सडक खण्ड पुनः अवरूद्ध भएको छ। कालिखोलामा पुनः सुख्खा पहिरो खसेपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गौमुलमा गएको पहिरोले १२ परिवार विस्थापित

लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका ५ र ढल्काँडाका ७ गरि १२ परिवार विस्थापित बनेका हुन्।

अवरुद्ध मेची राजमार्ग सञ्चालन

सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका-८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घन्टापछि खुलेको हो।

पहिरो पीडित तथा प्रभावितलाई १६ लाख रुपैयाँ हस्तान्तरण गरिने

समृद्ध सिदिङ्वा नागरिक एकता समाज र विपद् सहयोग अभियान सिदिङ्वाको अगुवाइमा सङ्कलित झन्डै १६ लाख रुपैयाँ राहत रकम सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित तथा प्रभावित परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्