२४ असार २०८१ सोमबार
image/svg+xml

जुम्लामा पहिरोले घर पुर्दा ७ को मृत्यु (अपडेट)

शनिबार विहान ४ बजेतिर पहिरोले स्थानीय गणेशबहादुर शाहीको घर पुर्दा ओत लाग्न आएका छिमेकीसहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेका दुईको उद्दार गरिएको छ।

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु,दुई जना बेपत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो।

प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती ९नाम नखुलेको०, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन्।

पहिरो पन्छाएर पृथ्वी राजमार्ग सञ्चालन

व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए

पहिरोले दशैंको बेला घर छाडेर भागाभाग

भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षात्पछि जमिन बग्न थालेको थियोे। निरन्तर बगिरहेको जमिनमा दशैंका बेला भइरहेको भारी वर्षाले झन असर गरेको छ। जमिन बग्दा सडक, ठूला पीपलका रुखसमेत बगेका छन्।

दुई स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

शुक्रबार बिहान साढे एक बजे चन्द्रागिरि मसिने स्थित ध्यानकेन्द्र पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो। मृतकहरूमा श्रीमान-श्रीमती र छोरी छन्।

सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरुद्ध

आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।

करिडोर, मध्यपहाडी र ग्रामीण सडक सबै अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिरोले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।

शेर्पा मनास्लु हिमपहिरोमा बेपत्ता, बिहानैदेखि खोजी

आइतबार दिउँसो करिब साँढे तीन बजे गएको हिमपहिरो चार जना परेका मध्ये दावा बेपत्ता भएका र अन्य तीन जना शकुसल रहेको प्रहरीले जनाएको छ।

मनास्लुमा फेरी हिमपहिरो, एक जना बेपत्ता

आइतबार दिउसो करिब साँढेतीनबजे हिमपहिरो गएको हो। पहिरोमा परी हराएका शेर्पाको पहिचान भने खुलेको छैन। पहिरोमा चार जना परेको र अन्य तीन जना शकुसल भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

मनास्लु हिमपहिरो: १० जनाको सकुशल उद्धार

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ।

मनास्लु हिमपहिरो: घाइते भएकाहरुको बिहानैदेखि उद्धार हुँदै

गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमबार दिउँसो करिब १२ बजे पहिरो खसेको थियो।

मनास्लु हिमपहिरोमा एकको मृत्यु, नौ घाइते

गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालमा सोमबार हिमपहिरो गएको छ। पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्