८ वैशाख २०८१ शनिबार
समाज

लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

लोक्पा पहिरोमा फसेकाको उद्धार गर्दै नेपाली सेनाको हेलिकप्टर ।

चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।

बिहिबारदेखि सुर्खेत घर भएका ३४ वर्षीय दीपक जिसी पहिरोमा फसेका थिए। उनको खुट्टा भाँचिएको र मानिसले उद्धार गर्न संभव नभएपछि गाउँपालिकाले पत्राचार गरेको र जिल्ला प्रशासन कार्यालयको पहलमा सेनाको हेलिकप्टरले उद्धार गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।  

गृहमन्त्रालयको बिपद् ब्यवस्थापन कोषबाट खर्च ब्यहोर्ने गरी ती व्यक्तिको उद्धार भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

घाइते जिसी पहिरोमै ओढार भित्र बसेका थिए। हेलिकप्टरबाट डोरीको सहायताले उनको उद्धार गरिएको वडा नम्बर ६ का अध्यक्ष सरोज लामाले बताए। करिब १० मिनेट हेलिकप्टर ‘होल्ड’ गरेर नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरेर काठमाडौं लगेको उनले बताए। 

प्रकाशित: २३ आश्विन २०७९ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App