२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

आठ वर्षमा २०४ किमी सडक कालोपत्र

गत आठ वर्षमा पर्वत जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन्।

यो अवधिमा चिसापानी-हुवास-त्रिवेणी-वहाकी-रानीपानी-बर्राचौर २३ किलोमिटर, अर्मादी-खुर्कोट-बनौ सडक १२ किलोमिटर,  पातीचौर-देउपुर- भुकदेउराली १२ किलोमिटर, डिमुवा-तिलाहार-राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन्। 

पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला-कटुवाचौपारी-मुडिकुवा-फलेवास-ढिक १४ किलोमिटर, हिमालय-विपाङ-नुवार-खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन्। 

साथै, सोही अवधिमा मोटर सञ्चालन गर्न मिल्ने २४ वटा पक्की पुल निर्माण भएका छन्। रासस

प्रकाशित: ११ माघ २०८२ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App