२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

झापा १ मा निशा डाँगीको अग्रता, निकै पछाडि परे ठूला दल

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार निशा डाँगीले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेकी छन्।

ताजा मतपरिणाम अनुसार डाँगीले ७ हजार ९४३ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका श्रम संस्कृति पार्टीका केवलराम राईले २ हजार ५१३ मत हासिल गरेका छन्। डाँगी र राईबीचको मतान्तर ५ हजार ४३० रहेको छ।

यस क्षेत्रमा स्थापित ठूला दलहरू भने निकै पछाडि देखिएका छन्। नेपाली कांग्रेसका केशव राज पाण्डेले एक हजार ९३४ मत प्राप्त गर्दा नेकपा एमालेका रामचन्द्र उप्रेती एक हजार ६७१ मतका साथ चौथो स्थानमा सीमित भएका छन्। 

प्रकाशित: २२ फाल्गुन २०८२ १९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App