सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १८६ मत खसेको छ। अपराह्न १२ः४० मिनेटसम्म १८६ मत खसेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए।
महिला तर्फ एक जना र अन्यमा एक जना गरी दुई सदस्यका लागि भइरहेको निर्वाचनमा चार जना उम्मेदवार छन्। प्रदेशमा जम्मा मतदाता संख्या २ सय २४ रहेको छ।
नेपाली कांग्रेस र एमालेको गठबन्धनमा महिलातर्फ एमालेकी लिला कुमारी भण्डारी र गरी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रोजी बस्नेत उम्मेदवार छन्। अन्यमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टिकाराम जैसी उम्मेदवारी छन्।
प्रकाशित: ११ माघ २०८२ १३:०६ आइतबार





