१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

गण्डकी राष्ट्रिय सभा चुनाव : मतदान जारी, ५६ सांसदसहित २१८ ले मत हाले

गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान जारी छ। हालसम्म ५९ प्रदेश सभा सदस्यमध्ये ५६ जनाले मतदान गरिसकेका छन् भने १७० स्थानीय तहका प्रमुख/उपप्रमुखमध्ये १६२ जनाले मत खसाइसकेका छन्।

कुल २२९ मतदाता रहेको यस प्रदेशमा प्रदेश सभा सदस्य ५९ र स्थानीय तहका प्रमुख/उपप्रमुख १७० गरी जम्मा मतदाता छन्। मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ।

देशभर आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त हुँदैछ। रिक्त १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो। बाँकी १७ पदका लागि आज निर्वाचन भइरहेको हो।

प्रकाशित: ११ माघ २०८२ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App