एफसी महिला एसिया कप आजदेखि अष्ट्रेलियामा सुरु हुँदैछ।
कूल १२ टोलीले प्रतिस्पर्धा गर्ने उक्त कपमा इरानले पनि प्रतिस्पर्धा गर्दैछ। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि महिला एसियाली कपको लागि इरानी टोलीलाई फुटबल प्रमुखहरूले पूर्ण समर्थन र सहयोग प्रदान गरेका छन्।
उक्त महिला एसियाली कप खेल्ने टोली इरानमाथि हमाला हुनु केही दिनअघि मात्रै अष्ट्रेलिया पुगेका थिए। इरानले सोमबार दक्षिण कोरियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ।
एसियाली फुटबल महासंघले एक विज्ञप्ति जारी गर्दै यस चुनौतीपूर्ण अवधिमा मध्य पूर्वमा हालैका घटनाक्रमहरूलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। त्यस्तै, एएफसीको अनुसार उनीहरुले सबै खेलाडी, प्रशिक्षक, अधिकारी र प्रशंसकहरूको सुरक्षामा सर्तक रहेको जनाएको छ।
इरानका प्रशिक्षक मर्जियाह जाफरीले आइतबार खेलअघि पत्रकार सम्मेलनमा यो प्रतियोगिता इरानी महिलाहरूको क्षमता देखाउने अवसर रहेको बताएका छन्।
उनीहरूले २०२२ मा भारतमा भएको पछिल्लो एसियाली कपमा ऐतिहासिक डेब्यू गरेका थिए जसमा इरान चीन र ताइवानसँग पराजित भएको थियो।
प्रकाशित: १७ फाल्गुन २०८२ १३:४१ आइतबार





