१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा पहिरोले घर पुर्दा ७ को मृत्यु (अपडेट)

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारेकोटडाँडामा पहिरोमा परेर ७ जनाको मृत्यु भएको छ। शनिबार विहान ४ बजेतिर पहिरोले स्थानीय गणेशबहादुर शाहीको घर पुर्दा ओत लाग्न आएका छिमेकीसहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेका दुईको उद्दार गरिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलका अनुसार पहिरोमा परेर घरधनी ५५ वर्षीय गणेशबहादुर शाही, उनका २२ वर्षीय छोरा रमेशबहादुर शाही, बुहारी २२ वर्षकी पानसरा शाही, आठ वर्षीय नाति अनमोल शाही, पाँच वर्षीय नाति मिलन शाही, २४ वर्षीय सुरेन्द्र हमाल र २२ वर्षीया विद्या शाहीको मृत्यु भएको हो।

प्रहरीका अनुसार पहिरोमा परेका ५० वर्षीया सरस्वती हमाल र रामबहादुर हमालको उद्दार गरेर स्थानीय मेडिकलमा उपचार भइरहेको छ। आफ्नो घर पहिरोको जोखिममा भएपछि हमाल परिवार शाहीको घरमा शुक्रबार बास बस्न गएको थियो।

प्रकाशित: २२ आश्विन २०७९ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App