२४ वैशाख २०८१ सोमबार
image/svg+xml

मनाङका किसानले स्याउ टिप्न थाले

हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन्। जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो।यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन्।

हिमाली जिल्लामा कहिले बाढी त कहिले पहिरो

हिमाली जिल्ला मनाङ र मुस्ताङले प्राकृतिक प्रकोपको मार निरन्तर खेपिरहेका छन्। यसैक्रममा गत आइतबार (२०८० साउन २८) मा हिमाली जिल्ला मुस्ताङले पुनः अर्काे विपद् सामना गर्नुपर्यो। खहरे खेलामा आएको बाढीले मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४को कागबेनी बजार केहीछिनमै तहसनहस बनायो। बाढीले बस्ती बगाउँदा धेरैको उठिबास लाग्यो। मानवीय क्षति हुनबाट रोकिएपनि स्थानीयको घर, बसोबास, होटल, प्रहरी चौकी, वित्तीय संस्था बाढीको लेदोसँगै बगेका छन्।

तटबन्धले फर्कायो खुसी

हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो। मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो। बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ।

लम्पी स्किनः हिमाली जिल्लाका याक चौंरी सुरक्षित

पशुमा लाग्ने लम्पी स्किन रोगले यतिबेला सबैतिर अत्याइरहँदा हिमाली भेगमा पालिएका याक चौंरी भने अहिलेसम्म सुरक्षित रहेका छन्। याक चौंरीमा अहिलेसम्म यो रोग फेला नपरेको हिमाली जिल्लाका पशु स्वास्थ्य चिकित्सकले बताएका छन्। हिमाली भेगकै अरु गाई गोरुमा यो रोग देखिएपनि याक चौंरी भने सुरक्षित रहेको उनीहरुको भनाई छ।

लम्पी स्किनः गाडीमा उक्लेका किराले मनाङसम्मै संक्रमण !

पशुको आउजाउ र लसपस कम हुने हिमाली जिल्ला मनाङ र मुस्ताङसम्म लम्पी स्किन रोग कसरी उक्लियो त? जबकी हिमाली जिल्लाबाट अरु छिमेकी जिल्लामा पशुको आउजाउ खासै हुँदैन। चरनका लागि पनि तल्लो भेगका पशु माथि लगिदैन भने माथिबाट पनि तल झारिँदैन। पशु चिकित्सक भन्छन, ‘पशु आउजाउ नभएपनि गाडी पर्याप्त मात्रामा तलमाथि (मनाङ–लम्जुङ) गुडेका छन्। गाडी चढेर गएका झिंगा, लामखुट्टेले पशुमा रोग सारेका हुन्। त्यो बाहेक हिमाली जिल्लासम्म यो रोग उक्लिनुमा अरु कुनै कारण छैन।’

इच्छाशक्ति भए सम्भव हुने रहेछ

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन्।

मुगुमा सुपथ मूल्य पसलबाट चामल बिक्री

दसैँँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए।

अज्ञात रोगले मनाङका चौरी बिरामी

हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ। मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ।

एक वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म बन्न सकेन

विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिस्थित दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो। विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो तर सात वर्ष बितिसक्दासमेत हालसम्म पुल निर्माण हुन सकेको छैन।

मनाङमा थपिए ४९ नयाँँ उद्योग

एक वर्षको अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले जानकारी दिए। उनका अनुसार जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ।

म्याग्दीलाई हिमाली जिल्ला नाम दिइयो, बजेट दिइएन

म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरिएपछि भलबाढी जस्तै गरी बजेट ओइरिने अपेक्षा सबै पक्षलाई थियो।

लोमान्थाङको ‘तिजी’ मा विदेशीको भीड

हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङमा पछिल्लो दुई वर्ष यताकै यतिबेला सबैभन्दा बढी भीड छ। त्यो भीडभाड गाउँलेको नभई त्यहाँ पुगेका पाहुनाको हो। पाहुना पनि आन्तरिक मात्र नभई विदेशी पनि उत्तिकै छन्। शुक्रबारदेखि त्यहाँ तिजी पर्व सुरु भएको छ। तीन दिन चल्ने पर्वमा यो पटक विदेशी पाहुनाको उल्लेखनीय सहभागिता रहेको स्थानीयले बताएका छन्।

एमसीसी विरूद्ध ताप्लेजुङमा मसाल जुलुस

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ।

गृहमन्त्रीद्वारा विपद् प्रभावितलाई राहत दिन निर्देशन

गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराइका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन्।

कागजमा मात्रै घोषणा भयो हिमाली जिल्ला म्याग्दी

सरकारले ०७५ फागुन १९ गते राजपत्रमा प्रकाशित गरी आधा दर्जनबढी हिमाल रहेको म्याग्दीलाई २१ औं हिमाली जिल्ला घोषणाको कुनै सकारात्मक प्रभाव गूर्जामा परेको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्