२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘नवशिला’ र ‘चिराइतो’ मुक्तकसङ्ग्रहको लाेकार्पण

हामी र हाम्रो कृति समूहको तेह्रौं र चौधौं कृति समूहका आजीवन सदस्य नवराज पोखरेलको मुक्तकसङ्ग्रह ‘नवशिला’ र समूहका महासचिव बद्री उप्रेतीको मुक्तकसङ्ग्रह ‘चिराइतो’ लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटार, काठमाडौंमा लोकार्पण भएको छ।

हजार चुनौतीसँगै जीवन झुलेको देखें!

अभावै अभावले भरिएको यो सन्सारमा,हजार चुनौतीसँगै जीवन झुलेको देखें। सङ्घर्षका पसीनाले बालेका ती धव्री, सभ्यताको उज्यालोमा शिखर चुलेको देखें।

कवि सुशीलाका खड्का हसिनाको ‘पहिरोभित्रको घाम’ सार्वजनिक

कवि सुशीला खड्का हसिना को कवितासङ्ग्रह “पहिरोभित्रको घाम” सार्वजनिक भएको छ।

उषा प्रहरमा मुक्तक उद्गार

उषाको प्रहर। एकै होइन, युगयुगान्तकारी। हंसमुख चेहेरा आकृति। सुन्दरी कवयित्री अहोरात्र। वयस्क जीवनका तन्नेरी साथी गुलाबी चेहरा बान्की। मुक्तकसङ्ग्रहका उमङ्ग तरानी।

लघुकथाको राजमार्गमा नवीन प्रयोग

लघुकथा थोरै शब्दमा प्रस्तुत गरिने आख्यान हो। यो आयामका दृष्टिले छोटो देखिए पनि आफैंमा पूर्ण हुन्छ। सिद्धान्ततः लघुकथा २५० देखि ३०० शब्दसीमाभित्र रहेर लेखिनुपर्ने नियम तोकिएको छ।

बनाउन सकिन्छ घुमौंघुमौं लाग्ने गाउँ

गाउँ कृषिमा रमाउन चाहने जाँगरिला मानिसका लागि हो। तर यो कृषि युग नै होइन। त्यसैले आजकल कृषिमा रमाएर कृषक हुन चाहने कोही पनि छैनन्।

‘भो म त्यो विगत सम्झिन चाहन्नँ’

‘म भाग्दाभाग्दै जुत्तासमेत रगतले भरिएछ,’ पराजुलीले सम्झिए, ‘जुत्ता फुकालेर पनि म भागिरहेको थिएँ। उनीहरूले लखेटेनन्। म आफैं आत्तिएर भागें।’

ताजमहल, कीर्तिमानी प्रेम प्रदर्शनी

भनिन्छ प्रेम र युद्धमा सबैकुरा जायज हुन्छन्। जहाँ अदालत र अनुशासनको कुनै काम हुँदैन। त्यसैले प्रेमको खिसिट्युरी गरेर आडम्बरको नाङ्गो ढोलक बजाउनेहरूलाई आकाश बनाएर चिथोर्न मन लाग्छ मलाई।

डा.दामोदर पुडासैनी किशोरलाई राष्ट्रिय साधना साहित्य सम्मान

सामना म्यूजिक क्रियशन, नेपालले डा. दामोदर पुडासैनी किशोरलाई राष्ट्रिय साधना साहित्य सम्मानले विभूषित गरेको छ।

सम्पन्न भयाे श्रीमद्भागवत ज्ञान-विज्ञान महायज्ञ

साहित्य, संस्कृति र पर्यटनको सङ्गम सङ्कल्प धाम स्थापना गर्ने सिलसिलामा साहित्य संवर्द्धन केन्द्र नेपालले भव्य कलश यात्राबाट प्रारम्भ गरेको श्रीमद्भागवत महापुराण समापन भएकाे छ।

बर र पीपल

साथभरिको आमा, आतभरिको माया कोही छैनन् जीवनसँग। जीवन एक्लो छ। एक्लोपनाले जीवनलाई झनै एक्लाइरहेको छ। उसले मनमनै सोच्यो– मैले अर्कै केटीसँग मेरो बिहेको तयारी भयो भनेर झुट बोल्नु नहुने थियो।

लघुकथाकार मधिकर्मीको ओरालोको सिलसिला

मधिकर्मीका लघुकथा आँखाले पढ्ने होइन, दिमागले पढ्नुपर्ने रहेछ अनि मात्र लघुकथाको स्वाद चाख्न सकिने रहेछ भन्ने लाग्यो।

रेखा-पवन स्रष्टा सम्मान स्थापना

नेपाल स्रष्टा समाजका संरक्षक तथा पूर्व अध्यक्ष साहित्यकार पवन आलोक तथा उनकी धर्मपत्नी रेखा कणेलकाे नाउँमा ‘रेखा–पवन स्रष्टा सम्मान’ स्थापना भएको भएकाे छ।

सम्झनाका कुइनेटाहरूमा मुक्तिनाथ अधिकारी

मानिसहरू जन्मिन्छन् अनि मर्छन्। यो नियमितताको कुरा हो। कोही पनि अजम्बरी हुँदैन भौतिक रूपमा। तर कोहीकोही मानिसहरू भौतिक रूपमा मृत्युवरण गरेर पनि बाँचिरहन्छन् जनहृदयमा।

हजार आँखा र सपनाका आचार्य आवाज

विभिन्न सपना सम्झिएर मनमनै रमाउने भजनशिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्य अब सधैंका लागि बिलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्