संकटका बेला साथ
नेपालीमा एउटा भनाइ छ, ‘जतिसुकै विवाद किन नहोस्, संटकका बेला सघाउने पहिलो छिमेकी नै हुन्छ।’ यो भनाइ व्यक्ति वा समाजका हकमा मात्र नभएर मुलुकहरूका बीचमा पनि लागु हुन्छ। त्यसको एउटा उदाहरण हो नेपाल–भारत सम्बन्ध।
नेपालीमा एउटा भनाइ छ, ‘जतिसुकै विवाद किन नहोस्, संटकका बेला सघाउने पहिलो छिमेकी नै हुन्छ।’ यो भनाइ व्यक्ति वा समाजका हकमा मात्र नभएर मुलुकहरूका बीचमा पनि लागु हुन्छ। त्यसको एउटा उदाहरण हो नेपाल–भारत सम्बन्ध।
भारतले अनुदानका रुपमा दिन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । यो जानकारी बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले दिएका हुन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार खोप इन्डियन एयरलाइन्सको विमानमार्फत ल्याइँदैछ ।
भारतले निःशुल्क दिन लागेको कोभिड–१९ विरुद्धको खोप एक साताभित्र आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। नेपालमा ‘कोभासिल्ड’ नामको खोपले अनुमति पाइसकेको र त्यही खोप भारतबाट आउन लागेको महाशाखाले जनाएको हो।
मुलुकको राजधानी काठमाडौं नजिकैको बनेपा सन् १८१६ को १३ सेप्टेम्बरमा बिफरविरुद्धको खोप पाउने पहिलो र भाग्यमानी सहर बनेको थियो। त्यतिबेला ब्रिटिस इन्डिया कम्पनीको सहयोगमा भारतको पटनाबाट आएको खोप टोलीले बनेपाका बालबालिकालाई खोप दिएको थियो। ऐतिहासिक कालखण्डको हिसाबले त्यो खोप सुगौली सन्धिलगत्तै दिइएको थियो। सो सन्धिबाट नेपालले सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित ६० हजार वर्गकिलोमिटर भूभाग गुमाएको थियो।
अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको कोरोना खोपलाई नेपालले प्रयोग अनुमति दिएको छ।
गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्र्याउनको लागि पहल सुरु गरेको छ।
सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि कोरोना खोप कोषमा आर्थिक सहयोग गर्न दाताहरूलाई आह्वान गरेको छ।
खोप कसले पाउने भन्ने सवालले बाँच्न पाउने मानिस मात्रै होइन, उनीहरूले कस्तो विश्वलाई उत्तराधिकार दिन्छन् भन्ने कुरासमेत निर्देशित गर्नेछ । कोभिड–१९ खोपको अत्यावश्यकता दिनानुदिन बढ्दो छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको भाइरसको नयाँ रूप संसारभर फैलिन थालेको छ ।
केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २ सयदेखि २ सय ९५ रूपैयाँसम्म पर्न सक्ने मङ्गलबार जानकारी दिएका हुन्।
अमेरिकाको फाइजर र जर्मनीको बायोटेकले बनाएको खोप लगाउन सुरु गरिएको छ। तर खोप लगाएपछि बिरामीहरूमा धेरै समस्याहरु देखिन थालेको छ। कोरोना खोप लगाएका एक डाक्टरको १६ दिनपछि मृत्यु भएको छ। जसले गर्दा यो खोप प्रयोगमा त्रास देखिन थालेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले फागुनभित्रै कोभिड–१९ को खोप आउने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको छलफलमा बोल्दै उनले त्यस्तो संकेत गरेका हुन्।
सरकारले कोरोनाविरूद्धको खोप लगाउन १६ हजार खोप केन्द्र परिचालन गर्ने भएको छ।
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेका बेला नेपालमा भने खोप कहिले र कहाँबाट आउने भन्ने अनिश्चितताको अवस्था देखिएको छ । त्यसले हाम्रा सरकारी निकायहरूको असफलता मात्र देखाएको छ ।
छिमेकी राष्ट्र भारतमा केही दिनमै कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेका बेला नेपालमा भने खोप कहिले र कहाँबाट आउने भन्ने यकिन हुन सकेको छैन। भारतका विभिन्न राज्यमा शुक्रबार खोप लगाउने पूर्वाभ्यास गरिएको छ भने विभिन्न भारतीय सहरमा वितरण केन्द्र स्थापना गरिएका छन्।
भर्खरै सुरु भएको सन् २०२१ मा विश्व अर्थतन्त्रको आकार ४ प्रतिशतले वृद्धि हुने विश्व बैंकले अनुमान गरेको छ। कोभिड १९ विरुद्धको प्रारम्भिक खोप अभियान व्यापक बन्दै जाने अनुमानका आधारमा विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो।