९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

कांग्रेस महाधिवेशन: १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो।

एकसट्ठी जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न, बिहीबारदेखि प्रदेश अधिवेशन

कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

कांग्रेस महाधिवेशनः दुवै गुटभित्र साझा उम्मेदवार बनाउन दबाब

कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ, नभए बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको मतदान हुन्छ। दोस्रो चरणको निर्वाचन हुने अवस्था आउन नदिन दुवै पक्षकाले आफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउन शीर्ष नेता र आकांक्षीलाई सुझाइरहेका छन्।

जिल्लापछि नेताहरूको ध्यान प्रदेश नेतृत्वमाः प्रदेश सभापतिमा को–को छन् आकांक्षी?

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्रका अधिवेशन सकिएसँगै शीर्ष नेताहरूको ध्यान प्रदेश अधिवेशनतर्फ केन्द्रत हुन पुगेको छ। दुई तिहाइ जिल्लाका अधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेसको संस्थापन र इतर समूह प्रदेशको परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भएका हुन्।

पार्टी नेतृत्वमा पुग्न पौडेलको कसरत

संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई मिलाएर आफू सभापति हुने कसरतमा रामचन्द्र पौडेल जुटेका छन्। प्रकाशमान र शेखरलाई उपसभापति तथा शशांकलाई प्रधानमन्त्री बनाउने पौडेलको योजना छ।

कांग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय

नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ।

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ।

अन्योलमा कांग्रेस महाधिवेशन

तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने भन्दै आगामी केन्द्रीय समितिको बैठकबाट नयाँ मिति तोक्ने तयारी छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सकेसम्म फागुन, नभए पनि पुससम्म महाधिवेशन सार्ने पक्षमा देखिएको छ।

कांग्रेसभित्रै ‘कमजोर लोकतन्त्र’

क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा महिनौंदेखि धर्ना, अनशन जारी छ। सदस्यताको विषयमा पक्ष र विपक्षमा नेताहरूको जुलुस र धर्नाले कांग्रेसको महाधिवेशन होइन अन्य दलसँग चुनावी प्रतिस्पर्धा भइरहे जस्तो देखिन्छ।

चुनवामा होमिएका अधिकांश कांग्रेसी पत्रकार विजयी

समग्रमा हेर्दा चुनावमा होमिएका काग्रेसी पत्रकार वडा प्रतिनिधि र वडा समितिमा पदाधिकारीमा चयन भएका छन्।

पार्टी र सरकारमा एक्लिँदै देउवा

असार २९ गते प्रधानमन्त्री भएका देउवा नेतृत्वको सरकार गठबन्धन दलबीच सहमति जुट्न नसक्दा पाँच सदस्यमा सीमित छ । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइसँगै देउवाको आलोचना बढ्दै गएका बेला उनले आफ्नै पार्टीमा निकटहरूको पनि साथ गुमाउँदैछन् ।

धरान नगर कांग्रेसमा नेतृत्वका लागि रस्साकस्सी

कम्युनिस्टको गढ धरानमा गत स्थानीय तह उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवारलाई हराउँदै पहिलोपटक कांग्रेस उम्मेदवार तिलक राईले मेयर जितेका थिए । त्यसैले पनि धरानमा कांग्रेसको नेतृत्वमा पुगेर आगामी स्थानीय तह निर्वाचनबाट पनि स्थानीय सरकारमा कब्जा जमाउने दाउ दुवै पक्षमा रहेको देखिन्छ।

फेरि संशोधन भयो कांग्रेस अधिवेशन तालिका

कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने कांग्रेसले अहिलेसम्म यथावत् राखेको छ।

कांग्रेस वडा अधिवेशन सुरुः ‘आन्तरिक लोकतन्त्रमा रक्तसञ्चार’

२०७४ को आम निर्वाचनपछि आन्तरिक कलहमै रुमलिन पुगेका कांग्रेस नेता कार्यकर्ता यति बेला वडा तहको अधिवेशनमा सहभागी हुन गाउँगाउँ पुगेका छन्।

अन्योलबीच कांग्रेस अधिवेशन आजबाट

संस्थापन इतरका नेताहरूले १४औं महाधिवेशनमा सहमतिमै सभापतिमा एकजनाले मात्रै उम्मेदवारी दिने दाबी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्