१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मनकामना मन्दिरको पुनर्निर्माणमा बजेट अभाव हुँदैन :  राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुर्ननिर्माण गर्न बजेट अभाव नहुने बताएकी छन्। बिहीबार हेलिकप्टरबाट मनकामना मन्दिरको दर्शन गर्न आएकी उनले भनिन्- 'महत्वपूर्ण धार्मिक सम्पदा निर्माण गर्नु सरकारको दायित्व हो, अहिले मनकामना पुर्ननिर्माण भइरहेको छ, बजेट अपुग भयो भने पुर्ननिर्माण प्राधिकरणसँग भन्नुहोस्, सरकारले उपलब्ध गराउनुपर्छ।'

बजेट आश्रित तीन विधेयक सदनमा पेस

व्यवस्थापिका-संसद्को आजको दोस्रो बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले ‘आर्थिक विधेयक, २०७३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७३’ र ‘ऋण तथा जमानत (एक्काइसौँ) विधेयक, २०७३’ प्रस्तुत गरेका छन्।

पूरक बजेट ल्याउने तयारी छैनः अर्थमन्त्री

सरकारले पूरक बजेटको कुनै तयारी नगरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बताएका छन् । पछिल्लो समय सरकारले पूरक बजेट ल्याउने हल्ला चले तापनि अर्थ मन्त्रालयले यस सम्बन्धमा कुनै गृहकार्य नगरेको उनले जानकारी दिए ।

पूरक बजेट ल्याउने सरकारको तयारी

अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। एक महिनाको अवधिमा आफूले गरेको कामको जानकारी दिन अाइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पूरक बजेट ल्याउने विषयमा गृहकार्य गरिरहेको जनाएका हुन।

बजेटसँग सम्बन्धित विधेयकलाई पारित गर्छाैंः र्अर्थमन्त्री महरा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन्।

बजेट कार्यान्वयन रोक्न आदेश

सर्वोच्च अदालतले केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन एक साताका लागि रोक्न अल्पकालीन आदेश जारी गरेको छ। न्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले बुधबार अयोग्य लडाकुलाई जनही दुई/दुई लाख दिने भनी बजेटको बुँदा नम्बर १९ मा भएको व्यवस्था अर्को सुनुवाइ नभएसम्मका लागि कार्यान्वयन नगर्न भनेको हो।

बजेट अभावले हतुवागढी पर्यटन पूर्वाधार निर्माण अलपत्र

भोजपुर– ऐतिहासिक र प्राकृतिक रुपमा छुट्टै अस्तित्व रहेको दक्षिणी भोजपुरको पर्यटकीय सम्भावनालाई प्रवद्र्धनका लागि थालिएका पूर्वाधार निर्माणका सबै काम अलपत्र भएका छन्। स्थानीय तथा बाह्य पर्यटन प्रवर्द्धन गरी क्षेत्रबासीको आर्थिक स्तरलाई उकास्न टेवा मिल्ने उद्देश्यका साथ थालिएका निर्माणमा सरकारले हेलचेक्रयाईं गरेपछि आयोजना नै अलपत्र बनेको हो।

बर्सेनि एउटै सडकमा ग्राभेलिङ गर्न बजेट

आर्थिक वर्ष ०७१/७२ मा नेपालगन्ज–१, धम्बोजी विशालचोक हुँदै बेलहरी गुरुवागाउँ जोड्नेसडकमा जिल्ला विकास समितिमार्फत १८ लाख ६६ हजारमा दुई किलोमिटर ग्राभेलिङ सम्पन्न भयो। ओम निर्माण सेवामार्फत ग्राभेलिङगरिएको थियो।

गत बर्ष ३० करोड बजेट फ्रिज

काठमाडौं-सरकारले पहिलो प्राथमिकतामा राखेको चुनढुंगा खानीसम्म सडक र विद्युत प्रसारण लाइन बनाउने कार्यक्रम लामो समय हुँदा पनि सम्पन्न हुन सकेको छैन।

नयाँ सरकारले पूरक बजेट ल्याउँदैनः महत

काठमाडौं– पूर्व अर्थमन्त्री मशरण महतले अर्थमन्त्री विष्णु पौडेलले ल्याएकाे बजेटले नै निरन्तरता पाउने भन्दै नयाँ सरकारले पूरक बजेट नल्याउने बताएका छन्। अर्थमन्त्री पौडेलले व्यवस्थापिका संसद्मा पेश गरेकाे बजेट पास नभइकन नयाँ सरकार परिवर्तन भएको सन्दर्भ र विनियोजन बजेट पास भइसकेको अवश्थामा पूरक बजेटको अवश्यकता नरहेकाे उनले बताए।

निर्वाचन क्षेत्रको करोड बजेट झ्वाम

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट विद्युत उत्पादन, उच्च माविमा विज्ञान संकाय स्थापना या खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि विनियोजन गर्नेबारे लामो बहस चल्यो। जिल्लास्थित दलका नेताले आफ्नो अनुकूलताका योजना अघि सारेका थिए। कसैले खानेपानी, सडक त कसैले विद्युत।

बजेट फेल भएपछि फिर्ता हाेला साउनकाे कर ?

काठमाडौं– व्यवस्थापिका संसद्मा प्रस्तुत बजेट आश्रित विधेयक शुक्रबार बहुमतले फेल गरेपछि सरकारले साउन १ देखि लागू हुने गरी चालू आर्थिक वर्षको बजेटमार्फत बढाएको कर उठाउन नसक्ने भएको छ। २०४६ सालमा मुलुक संसदीय व्यवस्थामा प्रवेश गरेयता बजेट पहिलोपटक फेल भएको हो। यद्यपि संसद्ले विनियोजन विधेयक पहिल्यै पारित गरिसकेकाले खर्च गर्ने बाटो भने खुलिसकेको छ । नयाँ तलबमानअनुसार बढेको तलब वितरण गर्न पनि अवरोध छैन।

अब के हुन्छ बजेट?

व्यवस्थापिका संसद्मा प्रस्तुत बजेट आश्रित विधेयक शुक्रबार बहुमतले फेल गरेपछि सरकारले साउन १ देखि लागू हुने गरी चालू आर्थिक वर्षको बजेटमार्फत बढाएको कर उठाउन नसक्ने भएको छ। २०४६ सालमा मुलुक संसदीय व्यवस्थामा प्रवेश गरेयता बजेट पहिलोपटक फेल भएको हो। यद्यपि संसद्ले विनियोजन विधेयक पहिल्यै पारित गरिसकेकाले खर्च गर्ने बाटो भने खुलिसकेको छ।

बजेट अाश्रित विधेयकहरू पारित हुन सकेनन्, सरकार अल्पमतमा

काठमाडौं— आर्थिक वर्ष २०७३/०७४ बजेट संसदबाट अस्वीकृत भएको छ। एमाओवादी केन्द्र बजेटविरुद्ध उभिँदा आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन) विधेयक संसदबाट पारित हुन नसकेका हुन्।

माअाेवादीलाई अर्थमन्त्रीकाे प्रश्न : आफैंले ल्याएको बजेटको विराेध किन?

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको कुर्सी खाली नदेख्दा आफूलाई निकै खुसी लागेको बताए। शुक्रबारको संसद बैठकमा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। संविधान घोषणा लगत्तै केही आलोचना र असहमतिका स्वरहरु सुनिन थाले पनि त्यसलाई सहमतिमा बदल्न गरिएकाे प्रयासले अहिले सबै दल एउटा सहमतिको विन्दुमा आइपुगेको संसदमा सबै दलका सांसदहरुको पूर्ण उपस्थितिले प्रस्ट पारेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्