कटारी नगर अस्पतालले पायो प्रादेशिक अस्पतालको मान्यता
उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्दै ‘प्रादेशिक अस्पताल’ को मान्यता दिने निर्णय भएको छ।
उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्दै ‘प्रादेशिक अस्पताल’ को मान्यता दिने निर्णय भएको छ।
मुगु कार्मारोङ गाउँपालिकाको पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढा उपचारका लागि नेपालगञ्ज जान अघिल्लो बुधबार मुगु विमानस्थल पुगिन्। एक दिन पैदल यात्रा र अर्को एक दिन गाडी चढेर विमानस्थल पुगेकी बुढा कहिले नेपालगञ्ज पुग्ने हुन् पत्तो छैन्।
अहिले सामाजिक सञ्जालमा सीमान्त गुरु भनिने भरत भट्टराईको निकै चर्चा छ। उनको यो चर्चा उनले बिरामीको आँखा हेरेर तथा बिरामीलाई स्पर्श गरेर जुनसुकै रोग ठीक पार्ने दाबी र कतिपय व्यक्तिले आफ्नो कतै ठीक नभएको रोग पनि सीमान्त गुरुको उपचारले ठीक भएको भनाइका कारण भएको हो।
एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्याउन समस्या हुन थालेको छ।
मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिंदा बिरामीलाई कठिनाइ हुने गरेको छ।
बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरवाही गरी छोरीको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाए। अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले रेबिजविरुद्धको खोप लगाइरहेको लाइनमा बालिकाकी आमाले बालिकालाई पनि खोपको लाइनमै लगेकाले भुलवश रेबिजविरुद्धको खोप लगाइएको बताए।
कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै अस्पतालहरूमा संक्रमित तथा कोरोनाको लक्षण भएका बिरामी बढेपछि अन्य स्वास्थ्य समस्या भएका बिरामीहरू उपचारबाट वञ्चित हुन थालेका छन्। टीकापुर अस्पतालले इमरजेन्सी बाहेकका सेवा बन्द गरेको छ।
भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। संक्रमितको चाप अत्यधिक बढेपछि भेरी अस्पतालले शुक्रबार अस्पतालको अन्य वार्डमा पनि बिरामी भर्ना गरेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्षमताको कोभिड वार्ड पूरै भरिभराउ भइसकेको छ।
अस्पतालमा भर्ना भएका बिरामी निको हुने अवधि लम्बिँदै गएको सशस्त्र प्रहरी बल बलम्बुका कोभिड उपचार संयोजक डा. प्रवीण नेपालले बताए। ‘१०दिनदेखि यता हवात्तै आएका बिरामीको छिटो निको हुन सकेको छैन,’ उनले भने। उनले अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको कारण पुगेका जति सबैले राम्रो उपचार पाउने स्थिति नरहेको बताए।
‘हाम्रो आवाज परिवर्तन समाज’ नामक फेसबुक पेजका सञ्चालकले बिभिन्न दिर्घ रोगबाट पिडित बिरामीलाई आर्थिक सहयोग गरेको छ।
हलेसी तुवाचुङ नगरपालिकाले गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई आर्थिक सहयोग गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ। विभिन्न ९ किसिमका जटिल रोग लागेर अस्पतालसम्म पुग्न नसक्ने नगरवासी बिरामीको उपचार सहयोगका लागि नगरपालिकाले आर्थिक सहयोग तथा सिफारिस कार्यविधि तयार पारेर कार्यान्वयनमा ल्याएको हो।
बेसीसहरस्थित सामुदायिक अस्पतालमा छोरीको उपचार गराइरहेकी श्रीमञ्ज्याङकी राममाया नेपाली हस्याङ–फस्याङ गर्दै अस्पताल छेवैको होटलमा पुगिन् र खाना अर्डर गरिन्। होटल संचालकले सोधे, ‘खाना बिरामीलाई कि, कुरुवालाई ?’ उनले उत्तर दिइन्, ‘छोरी बिरामी छे उसैलाई।’ होटल सञ्चालकले जवाफ दिए, ‘बिरामीलाई अस्तालमै खाना खुवाइन्छ, त्यो पनि सित्तैमा।’ राममाया फनक्क फर्किइन्।
सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई जीवनवृत्ति भत्ता वितरण सुरु गरेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गतको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा गई बिरामीलाई चेक हस्तान्तरण गर्दै भत्ता वितरणको औपचारिक सुरुवात गरे।
अत्यधिक चिसोका कारण दुई सातादेखि जिल्लामा फैलिएको भाइरल ज्वरोका बिरामीको उपचारमा समस्या देखिएको छ । भाइरल रोग प्रभावित क्षेत्रमा पुगेका स्वास्थ्यकर्मीहरूले चिसोका कारण प्रभावकारी सेवा दिन नसकेको र बिरामीलाई पनि निकै सास्ती भोग्नुपरिरहेको बताएका छन् ।
सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।