१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विकास निर्माणमा स्थानीय तह र प्रदेशबीच समन्वयको खाँचोः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह र प्रदेशबीच समन्वय नभएसम्म विकास निर्माण प्रभावकारी नहुने जिकिर गरेका छन्। मुख्यमन्त्री पोखरेलले शुक्रबार पोखरा महानगरपालिकाको दशौं नगरसभालाई सम्बोधन गर्दै विकास निर्माणमा समन्वयको खाँचो औंल्याए।

कोरियासँग सम्झौता गरी भरतपुरको फोहोर व्यवस्थापनको काम अघि बढ्छ: रेणु दाहाल

दुई देशबीच सम्झौता गरी एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो।

चप्पल गोदाममा आगलागी, एक घाइते

विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीमा सबैले लगाए कोरोनाविरुद्धको खोप

कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ।

भरतपुरमा उज्यालो सहर अभियान

भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो।

महमा अखाद्य तत्व मिसाई व्यवसाय गर्नेलाई कारवाहीको माग

आर्थिक उपार्जन, रोजगारी सिर्जना, जनताको जीवनस्तरमा सुधार र जीविकोपार्जनका साथै कृषि जैविक विविधता एवं पर्यावरण संरक्षणसँग प्रत्यक्ष रुपमा योगदान पुर्‍याइ एग्रीकल्चर, हर्टीकल्चर र फरेष्ट्रीको उत्पादन र उत्पादकत्वसँग समेत गाँसिएको मौरीपालन व्यवसायलाई संस्थागत गर्दै लैजाने सरकारको लक्ष्यलाई यस्ता गलत क्रियाकलाप र प्रचारले असर पर्ने भएकाले सबैले गम्भीर हुनुपर्नेमा पनि सङ्घले आग्रह गरेको छ।

उपमहानगरका जनप्रतिनिधिको सुविधा खर्च तीन करोड

उपमहानगरको आय–व्यय प्रतिवेदनअनुसार यो दुई करोड रूपैयाँ पनि पूरै खर्च भइसकेको छ। ‘गत वर्षको पदाधिकारी पारिश्रमिकतर्फको बजेट पूरै खर्च भएको छ,’ लेखा शाखाका एक कर्मचारीले भने। स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक दिनु असंवैधानिक भन्दै सर्वोच्चमा रिट परेपछि लुम्बिनी प्रदेशसहितका प्रदेशमा निर्धारण गरिएको जनप्रतिनिधिको पारिश्रमिक खारेज गर्न सर्वोच्चले फैसला गरेको थियो।

सेतीबाट निर्माण सामग्री निकाल्न बतासको प्रस्तावः बिनाअध्ययन ३५ वर्षसम्म ठेक्का दिने तयारी

पोखरा देशकै ठूलो महानगरपालिकामा पर्छ। यसको वार्षिक बजेट ६ अर्ब १९ करोड रुपैयाँ छ। जसको एक–डेढ प्रतिशतमात्र रकम खर्चिने हो भने पनि सेतीको डिपिआरदेखि इआइए र जोखिम मूल्यांकन गर्न पुग्छ। तर महानगरपालिका त्यो दायित्वबाट पन्छिएर बतास समूहलाई सम्पूर्ण जिम्मा दिने तयारीमा छ।

पिपल चौतारा–लभ्ली चौक सडक, हिँड्नै झुर !

विद्यालय जाने बालबालिकाले लभ्ली चोकदेखि पिपल चौतारासम्म हातमा जुत्ता चप्पल बोकेर हिँडनु परेको उनी बताउँछन्। ‘हातमा जुत्ता चप्पल बोकेर हिलोमा हिँड्नु परेको छ,’ उनले भने, ‘यो सडक चाँडै बनाइदिए हुन्थ्यो।’

रंगशालाको स्वामित्व महानगरपालिकाले लिन्छः मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन्।

भ्रमणका लागि एक करोड २९ हजार बजेट

चार छुट्टाछुट्टै भ्रमण खर्च शीर्षकमा कुल एक करोड २९ हजार बजेट विनियोजन गरेको घोराही उपमहानगरपालिकामा अहिलेसम्म भ्रमणमा कति रकम खर्च भयो भन्ने एकिन छैन। उपमहानगरबाट अहिलेसम्म भ्रमण नभएको एक कर्मीचारीले बताए। तर रकम भने खर्च भइरहेको बताइएको छ।

इटहरीमा स्रष्टालाई अपमान गरेको भन्दै प्रदर्शन

गत आर्थिक वर्षको बार्षिक बजेट भाषणमा इटहरीमा इ–लाइब्रेरी स्थापना गर्ने भनेर उपमहानगरले घोषणा गरेको भएपनि अहिलेसम्म एउटा किताव पनि खरिद नगरेको स्रष्टा तथा लेखक समाजद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

महानगरद्वारा पूर्वकुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता

मेयर शाक्यले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमद्वारा आयोजित कार्यक्रमा निवर्तमान कुमारी मतिना शाक्य, गणेश संवेग शाक्य र भैरव रुजन शाक्यलाई श्रीपद भत्तासहित दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्