२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोभिड प्रभावित व्यवसायीलाई करमा सहुलियत

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममार्फत कोभिड १९ बाट प्रभावित महानगरभित्र सञ्चालित होटल, रेस्टुराँ, सपिङ मल, डे/नाइट मार्केट लगायत अन्य व्यापार, व्यवसायलाई विशेष सहुलियत दिने नीति अघि सारेका छन् ।

महानगर मेट्रोमा रेडियो कक्षा

काठमाडौं महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । लकडाउनका बेला वैकल्पिक माध्ययमबाट पठनपाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले महानगरपालिकाले मेट्रो एफएममार्फत बुधबारबाट एकदेखि १० कक्षासम्मको रेडियो शिक्षा सुरु गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले छर्किन थाल्यो कीटनासक औषधी

काठमाडौं महानगरपालिकाले नोबेल कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि महानगरका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधी छर्कन थालेको छ।

जनसंख्याबारे बेखबर उपमहानगरपालिका

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासँग नगर क्षेत्रका घरको संख्या, किसिम मात्रै होइन उपमहानरभित्र बसोवास गर्नेको पनि यकिन विवरण छैन।

महानगरपालिकाका सबै विद्यालयमा ‘सेनेटरी प्याड मेशिन’

छात्राहरुले माध्यमिक तहमा एक्कासी अध्ययनलाई बिराम दिँदै पढाई छाड्ने गरेको बिभिन्न अध्ययनले देखाउदै आएको छ। वीरगन्ज महानगरपालिकाले यसको समाधान निकाल्न छात्राहरुको एउटा बिशेष समस्यालाई समाधान स्वरुप कक्षा ६ माथि कक्षा १२ सम्म सञ्चालन हुने सबै विद्यालयहरुमा ‘सेनेटरी प्याड’ निस्किने मेशिन लगाउन सुरु गरेको छ।

अतिक्रमित सडकपेटी खाली गराइँदै

कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ।

उद्योग मन्त्रीसामु उखु किसानको गुनासो

वर्षौंदेखि उखुको भुक्तानी नपाएका कारण आफूहरु दयनीय अवस्थामा पुगेको भन्दै उखु किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग किसानले गुनासो गरेका छन्।

मेयरको कक्षमा पत्रकार कुटिए

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै मंगलबार पत्रकार कुटिएका छन्। विश्व सम्पदा सूचीमा रहेको जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचार संकलनका लागि उपमहानगपालिका कार्यालयमा पुगेका पत्रकारमाथि नगर प्रमुख साहका समर्थक खनिँदा अवस्था केही बेर तनावपूर्ण बनेको थियो।

पोखरामा पनि अपार्टमेन्ट सुरू

आगामी माघदेखि पोखराकै सेदीमा बि एन्ड बी हाउजिङले १२ तले अपार्टमेन्टको निर्माण कार्य सुरु गर्ने योजना छ । झन्डै वर्ष दिनअघि १७ तले योजनासहित निर्माण सुरु गर्ने तयारी थियो । महानगरपालिकाले स्वीकृति नदिएपछि कम्पनीले १२ तलामा नयाँ डिजाइनसहित निर्माण गर्ने अन्तिम तयारी गरेको छ ।

उद्धार गरिएका बेसहरा सडकमै फर्किए

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले थालेको सहायागापेक्षी सडक मानवमुक्त अभियान कमजोर देखिएको छ।

अब काठमाडौँमा माग्न नपाइने

के तपाइँले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ ? अथवा मगन्ते बनी बसिरहनुभएको छ ? अब पेशा छोडिहाल्नुस्। नत्र कारवाहीमा परिएला। महानरपलिकाले आज तीन दिनभित्र यस्ता गतिविधि रोक्न सार्वजनिक अपिल जारी गरेको छ।

घोराहीमा कांग्रेस उम्मेद्वार विजयी

घोराही उपमहानगरपालिका वडा १६ मा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्